कडा चुनौतिमा खरो उत्रिएका ३ आवाज

२० असार २०७८, आईतवार ११:५२
Featured Video Play Icon

मकवानपुर, २० असार । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ को पछिल्लो नकाउट राउण्डबाट उत्कृष्ट ३ जना प्रतियोगीहरु लाईभ राउण्डका लागि छानिएका छन् । पछिल्लो नकाउटमा कोच राजु, कोच प्रमोद र कोच तृष्णाको टिमबाट जम्मा ९ जना प्रतियोगीहरुले नकाउट भिडेका थिए । यी ९ प्रतियोगीहरुले कोचहरुलाई निर्णय लिनसमेत समस्यामा पर्ने गरि प्रस्तुति दिएका थिए । तर प्रतियोगीहरुको सानो गल्तीहरुलाई नियाल्दै कोचहरुले उत्कृष्ट आवाज चयन गर्ने कोशिस गरेका थिए । कोच तृष्णाको टिमबाट नकाउट भिडेका अफ्रिता खड्गी, अबि दोङ र टोपराज राईले एकसेएक प्रस्तुति दिए । रकिङ प्रस्तुति दिएका उनीहरुमध्ये एकलाई छान्न कोच तृष्णाले निक्कै सोच्नुपर्यो यद्यपि अफ्रिताले तृष्णाको टिमबाट बाजी मारिन् ।

त्यस्तै सधैँ दवाबमा पर्ने गरेका कोच प्रमोद यो पटक शोमा कठोर निर्णय लिन बाध्य भए । एकसेएक ट्यालेन्टले भरिएका ३ प्रतियोगीहरु निहारिका ज्ञवाली, उत्सव नेपाल र दिक्षा थापाले उनलाई निर्णय लिनका लागि हम्मेहम्मे पारेका थिए । उत्सवलाई फरक गीत दिइएका कारण उनले चाहेको जत्ति गर्न सकेनन् तर दिक्षा र निहारिकाको सवालमा भने कोच प्रमोदलाई निक्कै चुनौति थियो । उत्कृष्ट प्रस्तुति दिएका यी तिनै प्रतियोगीहरुमध्ये कोच प्रमोदले निहारिकालाई अगाडि बढाउने निर्णय लिएका थिए । सर्वाधिक चर्चामा रहेकी दिक्षा र रक स्टार उत्सव शोबाट बाहिरिन बाध्य भए । त्यस्तै कोच राजुको टिमबाट नकाउट भिडेका विजय मगर, नविन गजमेर र सन्दिप राईले आफ्नो प्रस्तुतिबाट कोच राजुलाई निर्णय लिन हम्मेहम्मे पारिदिए । कोच राजुले विजयलाई अगाडि बढाउने निर्णय लिए । यो निर्णयसँगै चर्चामा रहेका नविन र सन्दिप शोबाट बाहिरिए । यसरी, अफ्रिता खड्गी, निहारिका ज्ञवाली र विजय मगरले लाईभको यात्रा तय गरे भने बाँकी प्रतियोगीहरु शोबाट बाहिरिएका छन् । यस भिडियो सामग्रीमा द भोईस अफ नेपाल सिजन ३ को नकाउट राउण्डबाट लाईभ राउण्डका लागि छानिएका थप ३ प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस अफ नेपाल सिजन ३ को अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*