दोहोरी भिडन्त कसले जित्ला ?

१९ असार २०७८, शनिबार १९:५९
Featured Video Play Icon

मकवानपुर, १९ असार । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को बाह्रौँ दोहोरी भिडन्त यही शनिबार हुँदैछ । उत्कृष्ट २४ जोडीहरुले उत्कृष्ट १२ मा पुग्न लागि भिड्ने यो अन्तिम दोहोरी भिडन्त हो । शनिबारको दोहोरी भिडन्तमा बसन्त बिक र पवित्रा मगरको जोडीले शर्मिला थापा र प्रशान्त तामाङको जोडीसँग प्रतिस्पर्धा गर्दैछन् । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुको दमदार दोहोरी भिडन्त हुनेछ । प्रोमो सार्वजनिक भएदेखि नै दुबै जोडीहरुबिच कडा दोहोरी भिडन्त भएको अनुमान लाउन सकिन्छ । यी दुई जोडीको यो कडा प्रतिस्पर्धामा कसले बाजी मार्ला त ? आखिर को जानेछ उत्कृष्ट १२ मा ? तपाईको विचारमा यी दुई जोडीमध्ये कुन जोडीको जित्ने सम्भावना बलियो छ ? कृपया कमेन्ट गर्नुहोस् ।

बसन्त र पवित्रा दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका सातौँ जोडी हुन् । फिजिकल अडिसनमा उनीहरुले दोहोरीमा केही सुधार गर्नुपर्ने भन्दै निर्णायकहरुले सुझाव दिएका थिए । बसन्त तनहुका र पवित्रा गुल्मीकी हुन् । त्यस्तै शर्मिला र प्रशान्त दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका आठौँ जोडी हुन् । फिजिकल अडिसनमा निर्णायकहरुले शर्मिला र प्रशान्तको प्रस्तुतिलाई निक्कै मन पराएका थिए । उनीहरुको प्रस्तुति गज्जबको भएको भन्दै दोहोरी च्याम्पियनका लागि योग्य भएको पनि निर्णायकहरुले बताएका थिए । शर्मिला र प्रशान्त लमजुङका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*