गायिका र निर्णायकको कडा दोहोरी भिडन्त

१८ असार २०७८, शुक्रबार १५:०६
Featured Video Play Icon

मकवानपुर, १८ असार । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को बाह्रौँ दोहोरी भिडन्त यही शनिबार हुँदैछ । शनिबार उत्कृष्ट २४ जोडी छानिएपछिको अन्तिम दोहोरी भिडन्त हो । यो दोहोरी भिडन्तमा अन्तिम जोडीहरुले प्रतिस्पर्धा गर्दैछन् भने कार्यक्रममा उपस्थित भएकी अतिथि एवम् गायिकासँगै निर्णायकहरुको समेत कडा दोहोरी भिडन्त गर्दैछन् । दोहोरी च्याम्पियनले शनिबारका लागि सार्वजनिक गरेको प्रोमो अनुसार चर्चित गायिका शकुन्तला थापासँग निर्णायक चन्द्र शर्माको दोहोरीमा घम्साघम्सी नै परेको देखिएको छ । प्रोमो अनुसार सुरुमा गायिका शकुन्तला थापाले निर्णायक चन्द्र शर्माले आस देखाएर झुक्क्याउँदै अर्कैलाई सिन्दुर लगाएको आरोप लगाउँछिन् । शकुन्तलाको दोहोरी टुक्कासँगै दोहोरी च्याम्पियनको माहोल तात्तिन्छ ।

शकुन्तलाको यो आरोपमा निर्णायक चन्द्र शर्माले पनि रोचक जवाफ फर्काउँछन् । उनी अलि रोमान्टिक देखिन्छन् र त्यस्तै जवाफ दिन्छन् । उनले गायिका शकुन्तला थापालाई अलि मोटाउनुपर्यो भन्दै घुमाउरो जवाफ दिएका छन् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट १२ मा पुग्नका लागि यो शनिबार उत्कृष्ट २४ मा पुगेका बसन्त बिक र पवित्रा मगरको जोडी शर्मिला थापा र प्रशान्त तामाङको जोडीसँग भिड्नेछ । उनीहरुको जोडीमध्ये जसले दोहोरी भिडन्त जित्छ त्यही जोडी अर्को राउण्डका लागि छनौट हुनेछन् । बसन्त तनहुका र पवित्रा गुल्मीकी हुन् । त्यस्तै शर्मिला र प्रशान्त लमजुङका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*