रेखा र करिश्मासँगै कमेडी च्याम्पियनको नयाँ भाग सुरु

१६ असार २०७८, बुधबार २०:३८
Featured Video Play Icon

मकवानपुर, १६ असार । कोरोना र लकडाउनका कारण लामो समय स्थगित भएको कमेडी च्याम्पियन सिजन २ अब पून सुरु हुने भएको छ । यो साता शुक्रबारदेखि यो शो पून सुचारु हुने भएको हो । यो साता शोमा चर्चित नायिकाहरु रेखा थापा र करिश्मा मानन्धर अतिथिका रुमपा सहभागी हुँदैछन् । शो सुचारु हुने भन्दै कमेडी च्याम्पियन टिमले उत्कृष्ट ९ को प्रोमो पनि सार्वजनिक गरेको छ । प्रोमोमा उत्कृष्ट ११ का क्रममा पफोमर अफ द राउण्ड जित्दै सिधै उत्कृष्ट ९ मा पुगेका कैलाश कार्कीको कमेडी क्लिप समावेश गरिएको छ ।

कमेडी च्याम्पियन अहिलेसम्म उत्कृष्ट ९ सम्म पुगेको छ । उत्कृष्ट ९ मा विकाश अर्याल, बिक्की अग्रवाल, सुशान्त बस्याल, पवन भट्टराई, श्रेया सुवेदी, हिकमत महरा, भरतमणि पौडेल, सन्तोष थापा र कैलाश कार्की रहेका छन् । साथै रोष्टिङ राउण्डबाट पनि वाईल्ड कार्ड जितेर केही प्रतियोगी शोमा पून प्रवेश गर्नेछन् । रोष्टिङ राउण्डमा यस अघि कन्टेट विवादका कारण बाहिरिएका तपेश्वर सिंहले शो स्थगित हुनु अघि नै दमदार प्रस्तुति दिएका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*