अस्मिता र जीवनलाई यति धेरै प्रेम

१६ असार २०७८, बुधबार २०:२८
Featured Video Play Icon

मकवानपुर, १६ असार । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को एघारौँ दोहोरी भिडन्त भिडेका चर्चित प्रतियोगीहरु अस्मिता डिसी र जीवन सिग्देललाई दर्शक श्रोताहरुले निक्कै रुचाएका छन् । दोहोरी भिडन्तमा बिमाकुमारी अनुरागी र सुरेन्द्र मगरसँग झिनो अंकले पराजय व्यहोरोको यो जोडीलाई पून वाईल्ड कार्डमार्फत शोमा प्रवेश गराउनुपर्ने भन्दै दर्शक श्रोताहरुले कमेन्ट गर्दै आएका छन् । दर्शक श्रोताले अस्मिता र जीवनको गायनको प्रशंसा गर्दै उनीहरुलाई जसरी भएपनि वाईल्ड कार्डमार्फत शोमा ल्याउनुपर्ने माग गरेका हुन् ।

कतिपय दर्शक श्रोताले अस्मिता र जीवनको हार स्विकारेका छैनन् । उनीहरुले अस्मिता र जीवनलाई नै उत्कृष्ट भन्दै आएका छन् भने कतिपय दर्शक श्रोताहरुले निर्णायक चन्द्र शर्माको विरोध गर्दै उनले अंक कम दिएको आरोप लगाएका छन् । हुन त यो दोहोरी भिडन्तमा सुरेन्द्र र बिमासँगै अस्मिता र जीवनको दोहोरी उत्कृष्ट रहेको थियो । त्यसैले पनि यो दुबै जोडी अघि बढ्न उत्तिकै दाबेदार रहेको केहीको तर्क छ । तर प्रतियोगितामा हार वा जीत हुने नै भएकोले कतिपय दर्शक श्रोताले यसलाई सहज रुपमा लिनुपर्ने भन्दै कमेन्टहरु पनि गरेका छन् । कम अंकको अन्तरमा पराजय भोगेको र दर्शक श्रोताले पनि निक्कै रुचाएका कारण अस्मिता र जीवन शोमा फर्किने ठूलो सम्भावना समेत रहेको छ । दोहोरी च्याम्पियनको १२ जोडीहरु छानिएसँगै ४ जोडीहरु वाईल्ड कार्डमार्फत शोमा पून भित्रिनेछन् । हेरौँ भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*