तारा श्रीस मगर र रवि गहतराजको आवाजले कोचहरु चकित

१६ असार २०७८, बुधबार १२:१६
Featured Video Play Icon

मकवानपुर, १६ असार । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ को पछिल्लो नकाउट राउण्डबाट उत्कृष्ट २ जना प्रतियोगीहरु लाईभ राउण्डका लागि छानिएका छन् । पछिल्लो नकाउटमा कोच राजु र कोच प्रमोदको टिमबाट जम्मा ६ जना प्रतियोगीहरुले नकाउट भिडेका थिए । यी ६ प्रतियोगीहरुले कोचहरुलाई पनि चकित पार्ने प्रस्तुति दिएका छन् । कोच राजुको टिमबाट नकाउट भिडेका तारा श्रीस मगर, उर्मिला कुसुण्डा र ध्रुव तामाङले आफ्नो प्रस्तुतिबाट कोच राजुलाई निर्णय लिन हम्मेहम्मे पारिदिए । सबै कोचहरुबाट चर्चा पाएका उनीहरुले कोच राजुलाई चकित पार्नुका साथै निर्णायक मोडमा आवाजकै कारण दवाब पनि सिर्जना गरेका थिए । आफुले गाईरहेको भन्दा फरक गीत गाएकी तारा श्रीसले लाईभ राउण्डको बाटो तय गरिन् ।

त्यस्तै सधैँ दवाबमा पर्ने गरेका कोच प्रमोद यो पटक शोमा आँशु झार्न बाध्य भए । एकसेएक ट्यालेन्टले भरिएका ३ प्रतियोगीहरु रवि गहतराज, बिक्की परियार र धर्मेन्द्र सुनारले यस्तो प्रस्तुति दिएकी उनी प्रस्तुतिमै भावुक भए । लाईभका लागि छानिएका रविको प्रस्तुतिमा उनको आँखाबाट आँशु नै आयो । कोच राजु, कोच तृष्णा र अतिथि कोचका रुपमा पुगेका गायक राजेश पायल राई पनि यी ३ जनाको प्रस्तुति देखेर चकित भएका थिए । तर नकाउटको नियम अनुसार यी ६ जना दमदार प्रतियोगीहरुमध्ये कोच राजुबाट तारा श्रीस मगर र कोच प्रमोदबाट रवि गहतराजमात्र लाईभमा पुगेका छन् । बाँकी ४ जना प्रतियोगीहरुभने बाहिरिएका छन् । यस भिडियो सामग्रीमा द भोईस अफ नेपाल सिजन ३ को नकाउट राउण्डबाट लाईभ राउण्डका लागि छानिएका थप २ प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस अफ नेपाल सिजन ३ को अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*