अस्मिता र सुरेन्द्रको दोहोरीमै तानातान

१४ असार २०७८, सोमबार २०:४१
Featured Video Play Icon

मकवानपुर, १४ असार । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को एघारौँ दोहोरी भिडन्त निक्कै चर्चामा छ । अहिलेसम्मकै सबैभन्दा कम अंकको अन्तरमा हारजीत तय भएको यो दोहोरी भिडन्तमा अस्मिता डिसी र जीवन सिग्देलसँग सुरेन्द्र मगर र बिमा कुमारी अनुरागीले दोहोरी भिडेका थिए । चारै जनाको दमदार दोहोरी भिडन्तमा अस्मिता डिसी र सुरेन्द्र मगरको दोहोरी भिडन्त निक्कै रोचक र घोचक देखियो । एकअर्थमा भन्नुपर्दा उनीहरु दोहोरीमै तानातान गर्ने स्थितिमा पुगेका थिए । उनीहरुको हाँसो मिश्रित दोहोरीले दोहोरीको माहोल निक्कै तात्तिएको थियो ।

त्यसो त यो एपिसोडको प्रोमो सार्वजनिक भएसँगै अस्मिता र सुरेन्द्रको दोहोरी भिडन्त चर्चामा आएको थियो । दोहोरी भिडन्तको सुरुवाततिरै अस्मिता र सुरेन्द्रको रोचक भिडन्त भयो । अस्मिताले घुमाउरो पारामा सुरेन्द्रलाई दोहोरीमै प्रेम प्रस्ताव राखिन् तर सुरेन्द्र आफ्नो विवाह भईसकेको भन्दै पन्छिए । त्यसपछि अझ रोचक बनेको यो दोहोरी भिडन्त दाई नपाए भाईसँगै विवाह गर्ने मोडसम्म पुग्यो ।

हुन त निर्णायकहरुले अस्मिता र सुरेन्द्रको दोहोरीमा आएको नयाँ मोडलाई त्यत्ति रुचाएनन् तर उनीहरुको दोहोरीलाई दर्शकहरुले भने निक्कै रुचाएका छन् । बिमा र जीवनको दोहोरीसँगै अस्मिता र सुरेन्द्रको यो दोहोरी भिडन्तका बारेमा श्रोताहरुले लगातार कमेन्ट गरिरहेका छन् । सुरेन्द्र र बिमा उत्कृष्ट १२ मा पुगेका छन् भने अस्मिता र जीवन पनि वाईल्ड कार्डमार्फत शोमा फर्किसक्ने सम्भावना बलियो देखिएको छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*