दोहोरीमै रोमान्टिक देखिए जीवन र बिमा

१४ असार २०७८, सोमबार ०८:१६
Featured Video Play Icon

मकवानपुर, १४ असार । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को एघारौँ दोहोरी भिडन्त निक्कै रोचक रह्यो । अहिलेसम्मकै सबैभन्दा कम अंकको अन्तरमा हारजीत तय भएको यो दोहोरी भिडन्तमा अस्मिता डिसी र जीवन सिग्देलसँग सुरेन्द्र मगर र बिमा कुमारी अनुरागीले दोहोरी भिडेका थिए । चारै जनाको दमदार दोहोरी भिडन्तमा चर्चित गायक जीवन सिग्देल र गायिका बिमाकुमारी अनुरागीको दोहोरी निक्कै रोमाञ्चक बनेको थियो । दोहोरी भिडन्तको सुरुवाती टुक्कैमै जीवनको प्रेमले भरिएको सवालमा बिमाले रोमाञ्चक जवाफ दिएकी थिईन् ।

यसरी सुरु भएको उनीहरुको दोहोरी भिडन्त अन्तसम्मै निक्कै प्रेममय र रोचक बनेको थियो । चिनजानको कुरादेखि भेटघाट हुँदै विवाह अनि भावी सन्तानसम्म उनीहरुको दोहोरी समेटिएको थियो ।

उनीहरुको रोचक दोहोरी भिडन्तका बारेमा कार्यक्रमका विशेष अतिथि र निर्णायकहरुले पनि चर्चा गरेका थिए । गायिका बिमाकुमारी अनुरागीको शब्द चयन र मधुर आवाजका बारेमा पनि निर्णायकहरुले प्रशंसा गरेका थिए । भिडन्तपछि बिमाको टिम उत्कृष्ट १२ मा प्रवेश गरेता पनि जीवनको टिम पनि वाईल्ड कार्डमार्फत दोहोरी भिडन्तमा प्रवेश गर्ने दर्शकहरुले अपेक्षा गरेका छन् । अहिले अस्मिता र सुरेन्द्रसँगै जीवन र बिमाको रोमाञ्चक दोहोरीको चर्चा चुलिएको छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*