दोहोरी भिडन्तमा सुरेन्द्र मगर र बिमाकुमारी अनुरागीको जीत

१३ असार २०७८, आईतवार १९:४२
Featured Video Play Icon

मकवानपुर, १३ असार । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को एघारौँ दोहोरी भिडन्त सुरेन्द्र मगर र बिमाकुमारी अनुरागीको टिमले जितेको छ । १२ समूहको दोहोरी भिडन्त अन्तर्गत शनिबार भएको एघारौँ दोहोरी भिडन्तमा सुरेन्द्र र बिमाले लोकप्रिय जोडी अस्मिता डिसी र जिवन सिग्देलसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुको प्रस्तुतिपश्चात ३ जना निर्णायकहरुले २०० पूर्णाङ्कमा उनीहरुलाई अंक प्रदान गरेका थिए । सोही अंकहरुका आधारमा सुरेन्द्र र बिमाको टिम विजयी भएको हो । विजयी भएसँगै उनीहरु उत्कृष्ट १२ मा पुगेका छन् ।

सुरेन्द्र र बिमाको जोडीलाई निर्णायक चन्द्र शर्माले १४७.५ अंक, निर्णायक रमेश बिजीले १६० अंक र निर्णायक सिता थापाले १५३ अंक प्रदान गरेका थिए । यसरी उनीहरुले तिनै जना निर्णायकहरुबाट गरी जम्मा ४६०.५ अंक प्राप्त गरेका थिए । त्यस्तै अस्मिता र जीवनको जोडीलाई निर्णायक चन्द्र शर्माले १४६.५ अंक, निर्णायक रमेश बिजीले १६० अंक र निर्णायक सिता थापाले १५३.५ अंक प्रदान गरेका थिए । यसरी उनीहरुले चारै जना निर्णायकबाट गरी जम्मा ४६० अंक प्राप्त गरेका थिए । अस्मिता र जीवनलाई सुरेन्द्र र बिमाले जम्मा ०.५ अंकले पछाडि पारेका हुन् । दोहोरी भिडन्तमा अस्मिता र सुरेन्द्रले ‘गोर्खा कालिका’ भाकामा तथा जीवन र बिमाले ‘आफ्नै मन घाईते बनाउँछु’ भाकामा दोहोरी खेलेका थिए । उनीहरुलाई दोहोरीमा प्रेम अर्याल,विष्णु मल्ल, सपना घर्ति मगर र पुजा सुनारले साथ दिएका थिए ।

दुबै दोहोरी भिडन्तमा निर्णायकहरुले चारै जना प्रतिस्पर्धी कलाकारहरुको प्रशंसा गरेका थिए । निक्कै नै चुनौतिपूर्ण रहेको यो दोहोरी भिडन्त अहिलेसम्मकै सबैभन्दा कम अंकको अन्तरमा हारजित भएको दोहोरी भिडन्त हो । । दोहोरी भिडन्तमा चर्चित रहेका जीवन र अस्मितासँग चर्चामै रहेका सुरेन्द्र र बिमाको यो दोहोरी निक्कै रोचक रहेको थियो । अस्मिता र जीवन वाईल्ड कार्डमार्फत फेरि आउने सम्भावना पनि बलियो रहेको छ भने बिमा र सुरेन्द्र उत्कृष्ट १२ मा प्रवेश गरेका छन् । बिमा र सुरेन्द्र दुबै नाम चलेका गायक गायिका हुन् । उनीहरु लाईभ दोहोरीमा पनि चर्चामा छन् । बिमा दोलखाकी र सुरेन्द्र धादिङका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*