निर्णायक, अतिथि र प्रस्तोतासँग दर्शकको कडा दोहोरी भिडन्त

१३ असार २०७८, आईतवार १९:३५
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १३ असार । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ विभिन्न कारणले चर्चाको शिखरमा छ । प्रतियोगीहरुहरुको दोहोरी भिडन्तका कारण मात्र नभई यो शो दर्शकसँगको दोहोरी भिडन्तका कारण पनि चर्चामा छ । शोको तेस्रो एपिसोडबाट अर्थात उत्कृष्ट २४ जोडीहरुको दोस्रो दोहोरी भिडन्तदेखि दर्शकसँग दोहोरी भिडन्तका रुपमा ‘दर्शक दोहोरी’ सेग्मेन्टको सुरुवात भएको थियो । यस दोहोरी भिडन्तमा दर्शकले निर्णायक र प्रस्तोतासँग मात्र होईन अतिथि कलाकारहरुले सोधेको दोहोरी सवालमा कडा जवाफ फर्काएका छन् भने शोलाई अझ रोचक समेत बनाएका छन् । यस भिडियो सामग्रीमा दर्शक दोहोरीको पहिलो देखि आठौँ सवालसम्म उत्कृष्ट जवाफ दिएर कडा दोहोरी भिडेका दर्शकहरुको जवाफ र दर्शक दोहोरीको सवालका बारेमा चर्चा गरिएको छ । एपिसोड ३ देखि एपिसोड १० सम्मको सवालमा जवाफ दिएर विजयी बनेका दर्शकहरुको उत्कृष्ट दोहोरी हामी तपाईलाई सुनाउनेछौँ ।

दर्शक दोहोरीको पहिलो प्रश्न एपिसोड ३ मा सोधिएको थियो भने त्यसको रिजल्ट एपिसोड ४ मा सार्वजनिक गरिएको थियो । पहिलो दर्शक दोहोरीमा गायक बद्री पंगेनीको सवालको जवाफ दिएर हाल जापानमा बसोबास गरिरहेकी ममता शर्मा विजयी भएकी थिईन् । केही दर्शक रिसाएजस्तो छ भन्दै दोहोरी च्याम्पियनका विषयमा बद्रीले सवाल तेस्र्याएका थिए । त्यस्तै गायिका प्रिती आलेको सवालको जवाफ दिएर भारतीय सशस्त्र दल कश्मिरका कमल ज्योति विजयी भएका थिए । उनीहरुले सवालको सिधा जवाफ नदिई रचनात्मक जवाफ फर्काएका थिए । प्रितीले सवालमा दोहोरी च्याम्पियन कहाँबाट हेर्दैहुनुहुन्छ भन्दै दोहोरी सवाल गरेकी थिईन् । दर्शक दोहोरीको दोस्रो प्रश्नको जवाफ दिएर २ जना दर्शकहरु विजयी भएका थिए । गायक बद्री पंगेनीको सवालको जवाफ दिएर धादिङकी गिता सेञ्चुरी विजयी भएकी थिईन् । गीताले दोहोरी सवालको चित्तबुझ्दो जवाफ दिएका थिए । त्यस्तै गायिका प्रिती आलेको सवालको जवाफ दिएर मलेशियाबाट दिपक विष्ट विजयी भएका थिए । दिपकले सिधा तर रचनात्मक जवाफ दिएका थिए । यस दोहोरी सवालमा गायक बद्री पंगेनीले दोहोरी च्याम्पियनलाई अझै सुधार गर्नका लागि के गर्न सकिन्छ भनेर सवाल गरेका थिए भने गायिका प्रिती आलेले उक्त हप्ता गाउनेमध्ये कसको स्वर मिठो भनेर प्रश्न गरेकी थिईन् ।

दर्शक दोहोरीको तेस्रो प्रश्नमा गायक बद्री पंगेनीले आफुले लगाएको तामाङ पोशाक कस्तो छ भनेर सवाल सोधेका थिए । उनको सवालमा जवाफ दिएर बुटवलकी शिला गुरुङ विजयी भएकी थिईन् । उनले सवाललको सिधा जवाफ दिएकी थिईन् । त्यस्तै गायिका प्रिती आलेले दोहोरी च्याम्पियन को बन्छ होला भनेर प्रश्न गरेकी थिईन् । उनको सवालको जवाफ दिएर ईराकबाट चन्द्र गुरुङले जीत हासिल गरेका थिए । चन्द्रले रचनात्मक तर सिधा जवाफ दिएका थिए । दर्शक दोहोरीको चौथो सवाल निर्णायक प्रजापति पराजुली र सिता थापाले सोधेका थिए । निर्णायक पराजुलीले दोहोरी च्याम्पियन कस्तो लाग्यो भन्दै प्रश्न गरेका थिए । उनको सवालमा चितवनकी सरु अधिकारीले सिधा जवाफ दिएर विजयी भएकी थिईन् । त्यस्तै निर्णायक सिता थापाले पनि दोहोरी कस्तो हुँदैछ भनेर सवाल गरेकी थिईन् । उनको प्रश्नमा बहराईनबाट नवराज तिमल्सिनाले जवाफ पठाएर जीत हासिल गरेका थिए । उनले दोहोरी पहिलेको भन्दा सुध्रिदै गएको बताएका थिए ।

दर्शक दोहोरीको पाँचौ सवाल निर्णायक चन्द्र शर्मा र सिता थापाले सोधेका थिए । निर्णायक चन्द्र शर्माले आफुलाई पनि मन पराउने कोही छ कि भनेर सवाल गरेका थिए । उनको सवालमा तनहुँकी सिता सुनारले रोमान्टिक जवाफ दिँदै जीत हासिल गरेकी थिईन् । त्यस्तै निर्णायक सिता थापाले भनेजस्तो कोही नपाईएको भन्दै सवाल गरेका थिए । उनको सवालमा टर्कीमा रहेका गोविन्द गुरुङले जवाफ दिँदै जीत हात पारेका थिए । उनले पनि रोमाञ्चक जवाफ दिएका थिए । दर्शक दोहोरीको छैटौँ सवाल कार्यक्रममा अतिथिका रुपमा पुगेका चर्चित हाँस्य कलाकार जीतु नेपाल र गायिका प्रिती आलेले सोधेका थिए । अतिथि नेपालले मुन्द्रेको कमेडी क्लब कस्तो छ भनेर सवाल गरेका थिए । उनको सवालमा उदयपुरकी मिरा गिरीले मुन्द्रेको कमेडी क्लब राम्रो छ भनेर सिधा जवाफ दिँदै जीत हासिल गरेकी थिईन् । त्यस्तै प्रिति आलेले दर्शकलाई सल्लाहकार बनिदिन र सुधार गर्नुपर्ने कुराहरु भनिदिन आग्रह गर्दै सवाल गरेकी थिईन् । उनको सवालमा तनहुँका बेदप्रकाश पोख्रेलले सिधा जवाफ दिँदै जित हासिल गरेका थिए ।

दर्शक दोहोरीको सातौँ सवाल कार्यक्रमका अतिथि एवम् चर्चित गायक रामजी खाँड र गायिका प्रिति आलेले सोधेका थिए । गायक रामजी खाँडले दोहोरी च्याम्पियनलाई सधैँ माया गरिदिनुभन्दै अघि सारेको सवालमा बाग्लुङकी सलिना मगरले जित हात पारेकी थिईन् । त्यस्तै गायिका प्रिती आलेले आफुले लगाएको पोषाकमा राईनी जस्तो देखिएको छ कि छैन भनेर प्रश्न गरेकी थिईन् । उनको सवालमा पोखराका लक्ष्मण परियारले सिधा जवाफ दिँदै जीत हासिल गरेका थिए । दर्शक दोहोरीको आठौँ सवाल निर्णायक चन्द्र शर्मा र सिता थापाले सोधेका थिए । निर्णायक शर्माले हालखबर सोध्दै सवाल गरेका थिए । उनको सवालमा सानी नानी आकृति पराजुलीले निक्कै रोचक जवाफ दिएर तहल्का मच्चाएकी थिईन् । भरतपुरकी आकृतिले कोरोनाको समयमा निक्कै समस्या भएको र सञ्चो नभएको भन्दै दिएको जवाफको निक्कै चर्चा भएको थियो । त्यस्तै निर्णायक सिता थापाले दोहोरीमा सहभागी हुन आग्रह गर्दै गरेको सवालको जवाफ दिएर पोखराका मधुकर गुरुङ विजयी भएका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*