अस्मिता र सुरेन्द्रको यति कडा दोहोरी भिडन्त

१२ असार २०७८, शनिबार २०:२६
Featured Video Play Icon

मकवानपुर, १२ असार । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को नयाँ दोहोरी भिडन्तको एपिसोड शनिबार प्रसारण हुँदैछ । उत्कृष्ट २४ छानिएपछिको यो एघारौँ दोहोरी भिडन्त हो । शनिबारको दोहोरी भिडन्तमा जीवन सिग्देल र अस्मिता डिसीसँग बिमाकुमारी अनुरागी र सुरेन्द्र मगरले प्रतिस्पर्धा गर्दैछन् । यसैबिच दोहोरी च्याम्पियनको यो साताको प्रोमो पनि सार्वजनिक भएको छ । जसमा अस्मिता र सुरेन्द्रको कडा दोहोरी भिडन्त परेको देखिन्छ । प्रोमो अनुसार अस्मिताले सुरेन्द्रलाई घुमाउरो पारामा प्रेम प्रस्ताव राख्छिन् तर सुरेन्द्रको जवाफले माहोल निक्कै तात्तिन्छ ।

यो प्रोमो सार्वजनिक भएसँगै अहिले अस्मिता र सुरेन्द्रको चर्चा चुलिएको छ । यो कडा दोहोरी भिडन्तमा कसले बाजी मार्ला ? त्यो भने शनिबार मात्रै थाहा हुनेछ । उनीहरुको जोडीमध्ये जसले दोहोरी भिडन्त जित्छ त्यही जोडी अर्को राउण्डका लागि छनौट हुनेछन् । यी दुबै जोडीहरु लाईभ दोहोरीमा चर्चित भईसकेका प्रतियोगीहरु हुन् । साथै उनीहरु गायक गायिकाको रुपमा समेत परिचित भईसकेका जोडीहरु हुन् । अस्मिता र जीवन दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका पाँचौँ जोडी हुन् । फिजिकल अडिसनमा रोमान्टिक टुक्काहरु सहित दोहोरी भाका प्रस्तुत गरेका उनीहरुलाई निर्णायकहरुले रुचाएका थिए । जीवन स्याङ्जाका र अस्मिता धादिङकी हुन् ।

त्यस्तै बिमा र सुरेन्द्र दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका छैटौँ जोडी हुन् । फिजिकल अडिसनमा निर्णायकहरुले उनीहरुको प्रस्तुतिलाई शुभकामना दिएका थिए । बिमा दोलखाकी र सुरेन्द्र धादिङका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*