दोहोरी च्याम्पियनको टप ५ मा पर्ने देवीको आसा

१० असार २०७८, बिहीबार १९:०६
Featured Video Play Icon

मकवानपुर, १० असार । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा दोहोरी भिडन्त जित्दै उत्कृष्ट १२ मा पुगेकी गायिका देवी आलेले आफ्नो टिम पनि उत्कृष्ट ५ मा पुग्ने आसा रहेको बताएकी छिन् । दोहोरी च्याम्पियनको होम सेसनमा उनले सबै जोडीहरु उत्कृष्ट भएको बताउँदै आफुहरु पनि उत्कृष्ट ५ मा पर्ने आसा रहेको बताएकी हुन् ।

उनले उत्कृष्ट ५ मा पर्ने जोडीहरुमध्ये आफुहरुसहित ४ जोडीहरुको नाम पनि लिएकी छिन् । देवीको विचारमा उत्कृष्ट ५ भित्र राजु केसी र डिला बिक, शोभा कार्की र बालचन्द्र बराल, शंकर क्षेत्री र बबिता बानियाँ जेरीको जोडी पर्नेछन् । साथै आफुहरु पनि उत्कृष्ट ५ मा पर्ने आसा उनले व्यक्त गरेकी छिन् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट १२ मा पुगेका पाँचौँ जोडी हुन् चिज गुरुङ र देवी आले । चिज र देवीको जोडीले सुनिल बिक र मनिषा बिकको जोडीसँग प्रतिस्पर्धा गरेका थिए । सुनिल र मनिषालाई चिज र देवीले जम्मा १०.५ अंकले पछाडि पारेका थिए । चिज र देवी दोहोरी च्याम्पियन अगावै चर्चामा आईसकेका जोडी हुन् । उनीहरु लाईभ दोहोरीमा चर्चित हुनुका साथै दोहोरी गायक गायिका समेत हुन् । चिज र देवी गोरखाका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*