सरोज सिंखडा भन्छन्–‘प्रकाश र मिनासँग डर छ’

१० असार २०७८, बिहीबार १८:५७
Featured Video Play Icon

मकवानपुर, १० असार । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा दोहोरी भिडन्त जित्दै उत्कृष्ट १२ मा पुगेका गायक सरोज सिंखडाले उत्कृष्ट १२ मै पुगेका प्रकाश पराजुली र मिना बुढाथोकीसँग दोहोरी भिडन्त चुनौतिपूर्ण रहेको बताएका छन् । दोहोरी च्याम्पियनको होम सेसनमा सन्देश छोड्दै सरोजले आफुलाई दोहोरी भिडन्तमा प्रकाश र मिनासँग दोहोरी भिडन्त नपरिदिएहुन्थ्यो जस्तो लागेको बताएका हुन् ।
त्यस्तै उनले दोहोरी च्याम्पियनको उत्कृष्ट ५ मा पुग्नसक्ने जोडीहरुको पनि पूर्वअनुमान गरेका थिए । उनले उत्कृष्ट ५ मा पुग्नसक्ने सम्भावित जोडीहरु राजु केसी र डिला बिक, प्रकाश पराजुली र मिना बुढाथोकी, प्रदिप रोका र कल्पना दाहाल, शंकर क्षेत्री र बबिता बानियाँ जेरी तथा आफ्नो टिमको नाम पनि लिएका थिए ।
दोहोरी च्याम्पियनको उत्कृष्ट १२ मा पुगेका नवौँ जोडी हुन् सरोज सिम्खडा र सिता घिमिरे । उनीहरुले सुनिता बुढा र मानसिंह खड्काको जोडीसँग प्रतिस्पर्धा गरेका थिए । सरोज र सिताले सुनिता र मानसिंहलाई जम्मा ३ अंकले पछाडि पारेका थिए । दोहोरी भिडन्तमा सरोज र सितालाई निर्णायकहरुले प्रशंसा गरेका थिए । सिता र मानसिंह दोहोरीमा लगभग उस्तै भिडेता पनि सरोज र सुनिताको भने निर्णायकहरुले खुलेर प्रशंसा गरेका थिए । सरोजले अन्य समयमा भन्दा यस दोहोरी भिडन्तमा राम्रो गाएको भन्दै निर्णायकहरुले चर्चा गरेका थिए । सिता र सरोज लाईभ दोहोरीमा चर्चित छन् । सीता पाल्पाकी र सरोज धादिङका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*