कोच तृष्णाबाट ज्वाला राई लाईभमा

७ असार २०७८, सोमबार ०८:१०
Featured Video Play Icon

मकवानपुर, ७ असार । द भोईस अफ नेपाल सिजन ३ का चर्चित प्रतियोगी ज्वाला राई कोच तृष्णाबाट लाईभमा जाने दोस्रो प्रतियोगी बनेका छन् । उनी नकाउट राउण्डबाट लाईभ राउण्डका लागि छानिएका पाँचौँ प्रतियोगी हुन् ज्वाला राई । उनले नकाउट राउण्डमा टिम तृष्णाकै श्रेया नेपाल र सुरक्षा मल्लसँग प्रतिस्पर्धा गरेका थिए । नकाउटमा ज्वालाले ‘म तिम्रै हुँ’ बोलको गीत, ‘गाईने दाजैले’ बोलको गीत र सुरक्षाले ‘गट बी लभ’ बोलको गीत गाएका थिए । उनीहरुबिच कडा प्रतिस्पर्धा भएको थियो । कोचले ज्वालालाई लाईभका लागि छनौट गरेसँगै श्रेया र सुरक्षा शोबाट बाहिरिएका छन् ।

ज्वाला कोच तृष्णाको टिममा छन् । २९ वर्षीय ज्वाला काठमाडौका हुन् । गायकका रुपमा समेत परिचय बनाईसकेका ज्वालाले सानैदेखि गायन क्षेत्र समातेका हुन् । साँगितिक परिवारमै हुर्किएका ज्वालाले विद्यालयदेखि कलेजसम्म गीत गाए । सँगीतमै लाग्ने उदेश्यले काठमाडौ छिरेका ज्वालाले सँगीत क्षेत्रमै लाग्ने कोशिस गर्दागर्दै लगभग निराशाकै सामना गर्नुपर्यो अन्तत उनी मलेसिया रोजगारका लागि गएका थिए । त्यहाँ हुँदाको समयमा नै युट्युब च्यानल खोलेर अघि बढेका उनी युट्युबमै चिनिन थाले । २ वर्षपछि नेपालमा फर्किएका ज्वाला फेरि पहिला जस्तै निराशाको अवस्थामा पुगे तर उनी फेरि सँगीतमै अगाडि बढेका छन् । उनी गायक मात्र नभई संगीतकारका रुपमा पनि परिचित छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*