सुरक्षा सिञ्चुरीको एकपछि अर्को हिट गीत, प्रताप दाससँग पनि गीत आउँदै

५ असार २०७८, शनिबार १९:१५
Featured Video Play Icon

मकवानपुर, ५ असार । द भोईस अफ नेपाल सिजन ३ की चर्चित प्रतियोगी सुरक्षा सिञ्चुरीको आवाजमा केही गीतहरु सार्वजनिक हुने क्रममा छन् । केही सार्वजनिक भईसकेका र केही रेकर्डिङका क्लिपहरुबाटै उनको आवाजमा गीतहरु हिट हुने अनुमान दर्शकहरुले लगाईसकेका छन् । भोईसको नकाउट राउण्डसम्म पुगेकी सुरक्षा दार्जिलिङकी हुन् । ब्याटल राउण्डमा आईपुग्दा सर्वाधिक चर्चा कमाएकी सुरषाका नयाँ गीतहरुले पनि थोरै समयमै चर्चा बटुलिरहेका छन् । बुधबार मात्रै सुरक्षाको आवाजमा ‘परदेशीको याद’ बोलको गीत सार्वजनिक भएको छ ।

सुरक्षाको आवाजमा सार्वजनिक भएको गीत, संगीतकार तथा गीतकार गौतम सागर राईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा गौतम सागर राईको शब्द तथा संगीत रहेको छ । गीतलाई मनोज साङ्सोन राईले एरेञ्ज गरेका हुन् । यो गीत अहिले चर्चामा छ । राजु कार्कीको मिक्सिङ मास्टरिङमा तयार भएको गीतको भिडियो जस्केलो क्रियशनले तयार पारेको छ ।

सुरक्षाकै आवाजमा अर्को गीत पनि तयार हुँदैछ । ‘नखुलुन् यी मेरा परेलीहरु’ बोलको यो गीत सुरक्षाको युगल गीत हो । निक्कै नै यो रोमान्टिक गीतका बारेमा सुरक्षाले फेसबुकमार्फत दर्शकहरुलाई जानकारी दिएकी छिन् । गीतमा सुमन राईको संगीत र एसके बोम्जनको शब्द रहेको छ । राजु कार्कीको संगीत संयोजनमा गीत तयार भएको हो । गीतमा सुरक्षालाई चर्चित गायक प्रताप दासले साथ दिएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*