राजेन्द्र पाठक र मिना नेपाल वाईल्ड कार्डमा भिड्न तयार

३ असार २०७८, बिहीबार १९:५३
Featured Video Play Icon

मकवानपुर, ३ असार । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ बाट चर्चा हासिल गरेका राजेन्द्र पाठक र मिना नेपालको जोडीले आफुहरु दोहोरी च्याम्पियनको वाईल्ड कार्डमा भिड्न तयार रहेको बताएका छन् । आफुहरुले उत्कृष्ट २४ को दोहोरी भिडन्तका क्रममा बालचन्द्र बराल र शोभा कार्कीको जोडीसँग पराजय व्यहोर्नु परेको भएतापनि धेरै दर्शक श्रोताले माया देखाउँदै वाईल्ड कार्डमार्फत आफुहरुलाई दोहोरीमा आउनुपर्ने भन्दै गरेका कमेन्टहरुको सम्मान गर्दै उनीहरुले वाईल्ड कार्डका लागि आफुहरु तयार रहेको बताएका हुन् ।

उनीहरुले आफुहरुको कमजोरीलाई सुधार गर्दै वाईल्ड कार्डमार्फत दोहोरी च्याम्पियनमा ईन्ट्री गर्ने बताएका छन् । राजेन्द्रले दोहोरी च्याम्पियनको हालसम्म भएको दोहोरी भिडन्तका आधारमा कल्पना दाहाल र प्रदिप रोकाको टिम बलियो भएको समेत बताएका छन् । त्यस्तै मिनाले उत्कृष्ट ५ भित्र पर्ने जोडीहरुका रुपमा कल्पना दाहाल र प्रदिप रोका, राजु केसी र डिला बिक, मिना बुढाथोकी र प्रकाश पराजुली, सरोज सिंखडा र सिता घिमिरेसँगै आफुहरुको नाम पनि लिएकी थिईन् । वाईल्ड कार्ड भिड्ने मौका पाएमा आफुहरु पनि उत्कृष्ट ५ मा पुग्नसक्ने उनले बताएकी हुन् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका चौधौँ जोडी हुन् मिन नेपाल र राजेन्द्र पाठक । उनीहरुले फिजिकल अडिसनमा निर्णायकहरुबाट निक्कै प्रशांसा पाएका थिए । राजेन्द्रले निर्णायक सिता थापासँग दोहोरी समेत गाएका थिए । मिना र राजेन्द्र गायक गायिकाका साथै लाईभ दोहोरीमा पनि चर्चामा रहेको नाम हो । मिना ओखलढुङ्गाकी र राजेन्द्र नुवाकोटका हुन् । मिना र राजेन्द्रले उत्कृष्ट १२ छनौटका क्रममा जम्मा ५ अंकले हार व्यहोरेका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*