सुरक्षा सिञ्चुरीको ‘परदेशीको याद’ सार्वजनिक

२ असार २०७८, बुधबार २०:३०

मकवानपुर, २ असार । द भोईस अफ नेपाल सिजन ३ की चर्चित प्रतियोगी सुरक्षा सिञ्चुरीको आवाजमा ‘परदेशीको याद’ बोलको गीत सार्वजनिक भएको छ । सुरक्षाको आवाजमा सार्वजनिक भएको गीत, संगीतकार तथा गीतकार गौतम सागर राईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा गौतम सागर राईको शब्द तथा संगीत रहेको छ । गीतलाई मनोज साङ्सोन राईले एरेञ्ज गरेका हुन् ।

राजु कार्कीको मिक्सिङ मास्टरिङमा तयार भएको गीतको भिडियो जस्केलो क्रियशनले तयार पारेको छ । भोईसको नकाउट राउण्डसम्म पुगेकी सुरक्षा दार्जिलिङकी हुन् । चर्चामा रहेकी सुरक्षाका अन्य नेपाली गीतहरु समेत सार्वजनिक हुनेक्रममा छन् । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*