ईशान राईका गीतहरु यति दमदार

२ असार २०७८, बुधबार २०:१२
Featured Video Play Icon

मकवानपुर, २ असार । द भोईस अफ नेपाल सिजन ३ बाट चर्चामा आएका गायक ईशान राईको नयाँ गीतले यतिखेर साँगितिक बजारमा तहल्का मच्चाउन सुरु गरेको छ । ईशानको अहिलेको गीत ट्रेण्डिङमा समेत परेको छ । त्यसो त ईशानको यो पहिलो गीत भने होईन । ईशानका केही त्यस्ता ओझेलमा परेका गीतहरु पनि छन् जुन गीतहरु निक्कै दमदार र रमाईला छन् । यस भिडियो सामग्रीमा ईशानका यी गीतहरुका बारेमा पनि चर्चा गर्दैछौँ । सुरुवातमा चर्चा गरौँ ईशानको अहिले चर्चामा रहेको गीतको । भोईस अफ नेपालको नकाउट राउण्डसम्म पुगेका ईशान नकाउटबाट बाहिरिएसँगै चर्चित गायक राजेश पायल राईले उनीसँग एउटा गीत रेकर्ड गर्ने घोषणा गरेका थिए । घोषणा भएको केही समयमै ईशानको आवाजमा गीत तयार भएर सार्वजनिक भएको हो । ‘धरानकी सान्नानी’ बोलको यो गीत यो सामग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङमा समेत परिसकेको छ ।

ईशानको आवाजमा रहेको यस गीतमा गायक राजेश पायल राईको फिचरिङ पनि रहेको छ । तुलशी बस्नेतको शब्द तथा गायक राजेश पायल राईकै संगीतमा गीत तयार भएको हो । महाराज थापाको एरेञ्जमा तयार भएको गीत ए वान स्टुडियो म्युजिसियनमा रेकर्ड गरिएको हो । गीतको भिडियो मनोज साम्पाङ राईले छायाँकन गरेका हुन् । यो गीत गायक राजेश पायल राईकै अफिसियल युट्युब च्यानलमार्फत १४ जुन २०२१ मा सार्वजनिक भएको हो । गीतलाई यो सामग्री तयार पार्दाको समयमा ६५ हजारभन्दा बढीले हेरेका छन् भने करिब ८ हजार लाईक र १ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

त्यस्तै ईशानकै आवाजमा रहेको अर्को गीत ‘यो दिलमा’ बोलको गीत हो । ईशानको यो गीत विशाल चौतारी टिभीको अफिसियल युट्युब च्यानलमार्फत ५ जुन २०१८ मा सार्वजनिक भएको थियो । लिरिकल भर्सनमा सार्वज्निक भएको यो गीतमा ईशानको आवाज र महाराज थापाको संगीत तथा एरे ञ्ज रहेको छ । गीतलाई वर्षा राईले लेखेकी हुन् । गीतको लिरिकल भिडियो विशाल राईले तयार पारेका हुन् ।

ईशानकै आवाजमा रहेको अर्को गीत हो ‘नचिनी माया बस्यो’ । यो गीत १३ अगष्ट २०१८ मा केकेए क्रियटिभ क्रियशनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको थियो । यो गीतमा ईशानसँगै गायिका नम्रता राईको पनि आवाज रहेको छ । गीतमा कवि ताम्लिङ लिम्बुवानको शब्द र कुमार दुमी राईको संगीत रहेको छ । गीतलाई मोनी ताम्लिङले एरेञ्ज गरेका हुन् ।
ईशानको आवाजमा यी बाहेक अन्य गीतहरु पनि रेकर्ड भएका छन् । ती मध्ये कतिपय अडियो भर्सनमा मात्र उपलब्ध छन् । साँगितिक यात्रामा संघर्ष गरिरहेका ईशानका अझै अन्य गीतहरु पनि आउने तयारीमा छन् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*