कल्पना र प्रदिप भन्छन्–‘हामी पनि टप ५ मा पर्छौँ’

१ असार २०७८, मंगलवार २०:३८
Featured Video Play Icon

मकवानपुर, १ असार । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ का चर्चित प्रतियोगीहरु कल्पना दाहाल र प्रदिप रोक्काले आफुहरु पनि दोहोरी च्याम्पियनको उत्कृष्ट ५ भित्र पर्नसक्ने धारणा सार्वजनिक गरेका छन् । दोहोरी च्याम्पियन पछिल्लो एपिसोडमा कुराकानी गर्दै उनीहरुले आफुहरु पनि उत्कृष्ट ५ भित्र पर्नसक्ने दाबी गरेका हुन् । उनीहरुले उत्कृष्ट ५ मा पर्नसक्ने प्रतियोगी जोडीहरुको नाम लिँदै त्यसमा आफ्नो नाम पनि समावेश गरेका हुन् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट १२ मा पुगेका दोस्रो जोडी हुन् कल्पना दाहाल र प्रदिप रोका । कल्पना र प्रदिपको जोडीले बिक्रमबाबु विश्वकर्मा र लक्ष्मी बस्नेतको जोडीलाई ५.५ अंकले पछाडि पारेका थिए । कल्पना र प्रदिप चर्चित गायक गायिका समेत हुन् । उनीहरु दुबै जना लाईभ दोहोरीमा पनि चर्चित छन् । उनीहरु दुबै जना सिन्धुपाल्चोक निवासी हुन् । प्रदिप सज्जनका नामले पनि परिचित छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*