दोहोरी च्याम्पियनको नयाँ भाग अर्को हप्ता आउने

१ असार २०७८, मंगलवार २०:२३
Featured Video Play Icon

मकवानपुर, १ असार । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को नयाँ एपिसोड अर्को हप्ताबाट आउने भएको छ । दोहोरी च्याम्पियनको पछिल्लो एपिसोडमा कार्यक्रम संचालकद्वय बद्री पंगेनी र प्रिती आलेले अर्को साता दोहोरी च्याम्पियनको नयाँ एपिसोड ल्याउने प्रयास थालिएको जानकारी दिएका हुन् ।

यसअघि उत्कृष्ट २४ मा पुगेका जोडीहरुमध्ये १० वटा जोडीहरु उत्कृष्ट १२ का लागि छानिसकिएका छन् भने ४ जोडीहरुको दोहोरी भिडन्त बाँकी नै छ । ४ जोडीमध्येबाट २ वटा जोडीहरु उत्कृष्ट १२ का लागि छानिनेछन् । साथै उत्कृष्ट १२ छनौटका क्रममा बाहिरिएका जोडीहरुमध्ये ४ जोडीहरु वाईल्डकार्डमार्फत ईन्ट्री समेत हुनेभएको छ ।

अब आउँदो २ हप्ताहरुमा जीवन सिग्देल र अस्मिता डल्लाकोटी, बिमाकुमारी बिक र सुरेन्द्र मगर, बसन्त बिक र पवित्रा मगर तथा शर्मिला थापा र प्रशान्त तामाङको जोडीहरु दोहोरीमा भिड्नेछन् । उनीहरुमध्ये २ जोडीले हार व्यहोर्नेछन भने दुई जोडीले उत्कृष्ट १२ मा प्रवेश पाउनेछन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*