दोहोरी च्याम्पियनकी ‘तारा थापा’ को ‘टोपी शिरैको’ सार्वजनिक

२९ जेष्ठ २०७८, शनिबार १५:३२

मकवानपुर, २९ जेठ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ बाट सर्वाधिक चर्चामा आएकी गायिका तारा थापा र चर्चित गायक प्रेम सापकोटा ‘सोनु’ को आवाजमा नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । गायक सापकोटाकै शब्द र सँगीतमा तयार भएको यो गीतमा एउटा दुःखद कथालाई समावेश गरिएको छ ।

सागर विरहीको संगीत संयोजनमा तयार भएको गीतलाई खडक बाजुरालीले मिक्सिङ मास्टरिङ गरेका छन् । गीतलाई मालाश्री स्टुडियोमा गोविन्द पराजुली र राजेन्द्र बाजुरालीले रेकर्ड गरेका हुन् । गीतको म्युजिक भिडियोमा गायक प्रेम सापकोटाका साथमा कविता क्षेत्रीको अभिनय रहेको छ । तेजेन्द्र भण्डारीको छायाँकन तथा निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् । हेर्नुहोस् म्युजिक भिडियो–

हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*