दिनेश ढुङ्गाना र रमा निरौलाको ‘तिमी हाँसे’ सार्वजनिक

२८ जेष्ठ २०७८, शुक्रबार २०:३७

मकवानपुर, २८ जेठ । गायक दिनेश ढुङ्गाना र गायिका रमा निरौँलाको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी हाँसे’ बोलको गीत लिरिकल भर्सनमा गायक ढुङ्गानाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । रोमान्टिक गीतमा जीवनसाथीबिचको प्रेमको चर्चा गरिएको छ ।

राधिका देवी ढुङ्गानाको प्रस्तुति रहेको गीतमा दिनेशकै शब्द तथा संगीत रहेको छ । सञ्जीव बराईलीको संगीत संयोजनमा तयार भएको गीतलाई कृष्णकुमार महर्जनले रेकर्डिङ, मिक्सिङ मास्टरिङ गरेका हुन् । गीतमा गोपाल घतानीको बाँसुरी सुन्न सकिन्छ । गीतको लिरिकल भिडियो समिर र मनिशले तयार पारेका हुन् । दिनेश गायन रियालिटी शो ‘नेपाल स्टार’ बाट चर्चामा आएका हुन् । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*