शोभा र बालचन्द्रको नजरमा दोहोरीका उत्कृष्ट ५ जोडीहरु

२७ जेष्ठ २०७८, बिहीबार ०६:५४
Featured Video Play Icon

मकवानपुर, २७ जेठ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट १२ मा पुगेका लोकदोहोरी गायिका शोभा कार्की र गायक बालचन्द्र बरालले दोहोरी च्याम्पियनको उत्कृष्ट ५ मा पुग्नसक्ने उत्कृष्ट ५ जोडीहरुका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका छन् । दोहोरी च्याम्पियनको होम सेसनमा कुरा गर्दै उनीहरुले उत्कृष्ट ५ मा पुग्नसक्ने जोडीहरुका साथै आफुहरुलाई दोहोरी भिडन्तमा अलि डर लाग्ने जोडीका बारेमा खुलाशा गरेका हुन् ।

शोभा र बालचन्द्र दुबैलेल आफुहरुलाई दोहोरी भिडन्तमा डर लाग्ने जोडीका रुपमा अन्य थुप्रै प्रतियोगीहरुले जस्तै राजु केसी र डिला बिकको नाम लिएका छन् । बिगत लामो समयदेखिको अनुभव र दोहोरी भिडन्तका आधारमा आफुहरुलाई राजु र डिलाको टिमसँग दोहोरी भिडन्त नपरेहुन्थ्यो भन्ने लागेको उनीहरुले बताए । शोभाले सम्भावित उत्कृष्ट ५ जोडीहरुमा राजु केसी र डिला बिक, बबिता बानियाँ जेरी र शंकर क्षेत्री, मिना बुढाथोकी र प्रकाश पराजुली, कल्पना दाहाल र प्रदिप रोका तथा आफुहरुको टिमको नाम लिएकी थिईन् । त्यस्तै बालचन्द्रले पनि उत्कृष्ट ५ जोडीहरुको नाममा शोभाले लिएकै नामहरु लिएका थिए ।

शोभा कार्की र बालचन्द्र बराल चौथो दोहोरी भिडन्तका विजेताहरु हुन् । उनीहरुले मीना नेपाल र राजेन्द्र पाठकको जोडीलाई जम्मा ५ अंकले पछाडि पारेका थिए । बालचन्द्र र शोभा चर्चित गायक गायिका हुन् । उनीहरु लाईभ दोहोरीमा पनि चर्चामा छन् । बालचन्द्र बागलुङका र शोभा म्याग्दीकी हुन् । उनीहरु उत्कृष्ट १२ को दोहोरी भिडन्तको तयारी गर्दैछन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*