तारा थापा भन्छिन् ‘हारे पनि गुनासो छैन’

२६ जेष्ठ २०७८, बुधबार १९:५९
Featured Video Play Icon

मकवानपुर, २६ जेठ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ बाट चर्चामा आएकी तारा थापाले आफुलाई दोहोरी च्याम्पियनले नै दर्शक श्रोतामाझ चिनाउन मदत गरेको बताएकी छिन् । दोहोरी च्याम्पियनको होम सेसनमा कुराकानी गर्दै ताराले आफुलाई दोहोरी च्याम्पियनले दर्शकहरुमाझ चिनिने अवसर पाएको भन्दै आफुले दोहोरी भिडन्त हारे पनि कुनै गुनासो नभएको बताएकी छिन् । उनले दोहोरी च्याम्पियनबाट रुचाईदिएको भन्दै दर्शक श्रोतालाई पनि आभार प्रकट गरेकी छिन् । आफु हारेतापनि खुशी भएको भन्दै उनले दर्शकहरुले धेरै माया गरिदिएको भन्दै आफ्नो लागि दर्शकहरुको माया नै अघि बढ्ने बाटो भएको बताईन् ।

ताराले आफुहरुले पहिला निरन्तर गाईरहेता पनि दर्शकहरुमाझ चिनिन अवसर त्यत्ति नभएको बताएकी थिईन् । तर दोहोरी च्याम्पियनले गर्दा आफुले चिनिने अवसर पाएको उनले बताईन् । उनले दोहोरी च्याम्पियनलाई चिनिने बाटो भएको पनि बताईन् । उनले दर्शक श्रोताको सल्लाह सुझावलाई मनन गरेर आगामी दिनमा अझै राम्रो गर्ने बताएकी थिईन् ।

तारा र टेकराज भण्डारीले दशौँ दोहोरी भिडन्तमा प्रकाश पराजुली र मिना बुढाथोकीको टिमसँग हार व्यहोरेको थियो । दोहोरी च्याम्पियनबाट बाहिरिएता पनि तारा अहिले चर्चाको शिखरमा छिन् । ७ अंकले मात्र हार व्यहोरीकी ताराको गायन कलालाई निर्णायकहरुले खुलेर प्रशंसा गर्नुका साथै स्यालुट समेत गरेका थिए । विशेष अतिथिहरु र चारैजना निर्णायकहरुको प्रशंसा बटुलेकी तारा शोबाट बाहिरिएता पनि उनको गायनको सर्वत्र चर्चा चलिरहेको छ । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*