समिक्षा दाहालको ‘तिम्रै लागि’ सार्वजनिक

२६ जेष्ठ २०७८, बुधबार ०८:२९

मकवानपुर, २६ जेठ । चर्चित गायन रियालिटी शो नेपाल आईडल र नेपाल स्टारमा तहल्का मच्चाएकी चर्चित नवगायिका समिक्षा दाहालको नयाँ गीत सार्वजनिक भएको छ । समिक्षाको ‘तिम्रै लागि’ बोलको नयाँ गीत लिरिकल भर्सनमा सार्वजनिक भएको हो । समिक्षाको यो पहिलो सोलो गीत हो । यो गित ‘एबी मिडिया’ को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

गीतकार अनिल शर्माको शब्द र समिक्षाको आवाजमा सजिएको यो गीतमा कल्याण सिंहको संगीत रहेको छ । गीतलाई लुमन स्थापितले संगीत संयोजन गरेका हुन् । ‘स्टुडियो डी’ मा रेकर्ड गरिएको गीतलाई प्रदिप जोशीले मिक्सिङ गरेका छन् । गीतको लिरिकल भिडियो ‘रेखाङ्कन’ ले तयार पारेको हो ।

नेपाल स्टारको उत्कृष्ट ७ सम्म पुगेकी समिक्षा ईलामको सुर्योदय नगरपालिका वडा नम्बर ९ स्थित फिक्कल गैरीगाउँ निवासी हुन । समिक्षा लामो समयदेखि संगीत सिक्दैछिन् । सानैदेखि गाउन सुरु गरेकी समिक्षाले काठमाडौँमा आएर पनि गायनमा संघर्ष गरेकी छिन् । उनी नेपाल आईडल सिजन २ को थिएटर राउण्डसम्म पुगेकी थिईन् । उनका केही कभर तथा ओरिजिनल गीतहरु समेत सार्वजनिक भइसकेको छ । उनी २३ वर्षकी छिन् । नेपाल कमर्स क्याम्पस (एनसीसी) बाट स्नातक गरेकी समिक्षाले फिक्कलकै पञ्चकन्या बोर्डिङ स्कूलबाट अध्ययन सुरु गरेकी थिईन् । उनले फिक्कल माविबाट प्लस टु सकाएकी हुन् । सुरुमा नाच्न धेरै रुचाउने समिक्षाले अध्ययनका लागि काठमाडौँमा आएपछि गायनमा रुचि देखाएकी हुन् । सांगीतिक क्षेत्रमा स्थापित उनका काका भूगोल दाहाललाई उनले पहिलो गुरु मान्छिन् । बुवा मातृका दाहाल र आमा चण्डिका दाहालको कोखबाट जेठी छोरीको रुपमा समिक्षाको जन्म भएको हो । हेर्नुहोस् भिडियो–

समिक्षाका बारेमा यी भिडियोहरु हेर्नुहोस्–
समिक्षा बाहिरिँदा निर्णायकहरु नै भावुक

नेपाल स्टारका उत्कृष्ट ७ प्रतियोगीहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*