दोहोरीका सबै निर्णायकको निर्णय सधैँ किन एउटै ? यस्तो छ रहस्य

२५ जेष्ठ २०७८, मंगलवार २०:३९
Featured Video Play Icon

मकवानपुर, २५ जेठ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ सुरुवातदेखि नै निक्कै चर्चामा आयो । पहिलो एपिसोडमै निर्णायकहरु सहभागीहरुमाथिको टिप्पणीका कारण विवादमा तानिएका थिए जसका कारण शो अझ चर्चित बन्यो । पछिल्लो समय दोहोरी भिडन्तका कारण थप उचाईमा पुगेको यो शोमा फेरि दर्शकहरुले एउटै प्रश्न सोधेर कमेन्ट गरेको गर्यै गर्न थालेका छन् । दर्शक श्रोताले सबै निर्णायकहरुको निर्णय सधैँ एउटै देखिएको र सबै निर्णायकले एउटै टिमलाई लगभग उस्तै अंक दिएको आरोप लगाउँदै आएका छन् । सुरुमा निर्णायकले कुन टिमलाई अंक बढी दिन्छ त्यही टिम विजयी भएको भन्दै दर्शक श्रोताले आलोचना गर्दै आएका छन् । आखिर किन हुन्छ त सबै निर्णायकहरुको उस्तै निर्णय ? यसपछाडि के छ रहस्य ? हामीले आज यस विषयमा यो भिडियो तयार पारेका छौँ । कृपया तपाईको पनि धारणा कमेन्टमा लेख्नुहोस् ।

दोहोरी च्याम्पियनका निर्णायकहरु प्रजापति पराजुली, सिता थापा, रमेश बिजी र चन्द्र शर्माले दोहोरी च्याम्पियनको होम सेसनमा आएर दर्शक श्रोताहरुको जवाफ दिएका छन् । उनीहरुले दर्शकको आलोचनालाई आत्मासाथ गर्दै सबै निर्णायकको निर्णय उस्तै देखिनुको रहस्य खुलाएका छन् । होम सेसनमा कारण खुलाउँदै निर्णायक प्रजापति पराजुलीले आफुहरुको निर्णय पक्षपातपूर्ण नभएको र आफुहरुले विभिन्न कुराहरु हेरेर निर्णय लिने गरेका कारण सबै निर्णायकहरुको निर्णय उस्तै आउने गरेको उनले दाबी गरेका छन् । निर्णायकहरु आफै पनि दोहोरी भिडेर आएका कारण उनीहरुले पनि अनुभवका आधारमा निर्णय गर्ने गरेको उनले बताए ।

निर्णायक सिता थापाले दर्शकहरुको प्रतिकृयालाई मायाका रुपमा ग्रहण गरेको भन्दै रियालिटी शोको फर्म्याट अनुसार पनि आफुहरु छोटो समयमा चल्नुपर्ने बताएकी थिईन् । दोहोरी गीतलाई दिमागको खेल भन्दै उनले कहिलेकाँही राम्रो गाउँदा गाउँदै पनि आफुहरुले दिनेअंकमा तलमाथि हुनसक्ने उनले बताए । उनले आफुहरुले कुनै पनि टिमलाई पक्षपात नगरेको पनि बताईन् ।

निर्णायक चन्द्र शर्माले पनि दोहोरी प्रतियोगिताका प्रतियोगीहरुमाथिको निर्णय दर्शकहरुको निर्णय समेत समावेश भएको बताए । रियालिटी शोका आफ्नै निती नियम पनि हुने भन्दै आफुहरुबाट पनि केही गल्तीहरु भएको भएमा आफुहरु सुधार्दै जाने बताएका थिए । दोहोरीको निर्णायक बस्दा लोकदोहोरी प्रतिष्ठानले बनाएको विधि विधानमा बसेर आफुहरुले निर्णय गरेको र कसैलाई पक्षपात नगरिएको पनि बताएका थिए ।

निर्णायक रमेश बिजीले पनि आफुहरुले विभिन्न नियमका आधारमा आफुहरुले निर्णय लिने गरेको भन्दै सकेसम्म राम्रो निर्णय लिने गरेको बताएका छन् । कहिलेकाँही टेलिभिजनमा हेर्दा निर्णायकहरुले देख्ने कुरा दर्शकले नदेख्ने र दर्शकले देख्ने र निर्णायकहरुले नदेख्ने कुराहरुबाट आफुहरु अवगत भएको भन्दै दर्शक श्रोताको कमेन्ट अनुसार पनि आफुहरुले परिमार्जन गर्दै लाने समेत बताएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*