दोहोरी च्याम्पियनमा नयाँ खुलासा, वाईल्ड कार्ड ईन्ट्रीबाट ४ टिम फेरि आउने

२५ जेष्ठ २०७८, मंगलवार २०:३३
Featured Video Play Icon

मकवानपुर, २५ जेठ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा वाईल्ड कार्ड ईन्ट्री राउण्ड पनि हुने भएको छ । उत्कृष्ट २४ बाट दोहोरी भिडन्तमा पराजित भएका प्रतियोगीहरु पून वाईल्ड कार्डमार्फत दोहोरी च्याम्पियनको अघिल्लो चरणमा जानेछन् । शोका संचालकद्वय गायक बद्री पंगेनी र गायिका प्रिती आलेले दोहोरी च्याम्पियनमा वाईल्ड कार्ड राउण्ड हुने बारे खुलासा गरेका छन् । दोहोरी च्याम्पियनको होम सेसनमा उनीहरुले अहिलेसम्म पराजित भएर बाहिरिएका प्रतियोगीहरुमध्ये ४ वटा टिम पून दोहोरी च्याम्पियनमा ईन्ट्री हुने बताएका हुन् ।

दोहोरी च्याम्पियनबाट अहिलेसम्म १० वटा टिम दोहोरी भिडन्तबाट बाहिरिएका छन् । उनीहरुमध्ये धेरै प्रतियोगीहरुलाई दर्शकहरुले वाईल्ड कार्ड ईन्ट्रीमार्फत पून शोमा ल्याउनुपर्ने माग गर्दै आएका थिए । दर्शक र श्रोताको मागले पनि शोमा स्थान पाएको छ । दोहोरी ब्याटलबाट प्रिती गिरी र अनुज अधिकारी, बिक्रमबाबु विश्वकर्मा र लक्ष्मी बस्नेत, शर्मिला बिसी र यज्ञ भट्टराई, मीना नेपाल र राजेन्द्र पाठक, सुनिल बिक र मनिषा बिक, टिकामाया फ्याली र दिलिप थापा मगर, सुष्मा शाही ठकुरी र किरण बिसी, श्याम राना र बबिता गुरुङ, सुनिता बुढा र मानसिंह खड्का तथा तारा थापा र टेकराज भण्डारीको जोडीले दोहोरी भिडन्तमा पराजय भोगेका थिए । अब यी १० टिमसँगै बाँकी रहेका दोहोरी भिडन्तबाट थप २ टिम गरी जम्मा १२ वटा टिमहरुले वाईल्ड कार्ड ईन्ट्री राउण्डमा भिड्नेछन् । उनीहरुमध्येबाटै ४ वटा टिमहरु अघिल्लो चरणमा प्रवेश गर्नेछन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*