नकाउट जितेका उत्कृष्ट २ प्रतियोगीहरु

२३ जेष्ठ २०७८, आईतवार ०६:१४
Featured Video Play Icon

मकवानपुर, २३ जेठ । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ को नकाउट राउण्डबाट उत्कृष्ट २ जना प्रतियोगीहरु लाईभ राउण्डका लागि छानिएका छन् । पहिलो नकाउट भिडन्तमा टिम तृष्णाबाट कर्णराज गिरी र टिम राजुबाट सोनाम ग्याल्सो शेर्पा लाईभ राउण्डका लागि छानिएका हुन् । उनीहरु आफ्नै समूहका प्रतियोगीहरुसँग भएको प्रतिस्पर्धा जित्दै उत्कृष्ट १२ अर्थात लाईभका लागि छनौट भएका हुन् । कर्णसँग नकाउट भिडेका सागर हमाल र सुरक्षा सेञ्चुरी तथा सोनामसँग नकाउट भिडेका सम्राट राजभण्डारी र गणविर बुढा मगर शोबाट बाहिरिएका छन् । यस भिडियो सामग्रीमा द भोईस अफ नेपाल सिजन ३ को नकाउट राउण्डबाट लाईभ राउण्डका लागि छानिएका पहिलो २ प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस अफ नेपाल सिजन ३ को अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*