भोईस अफ नेपालको उत्कृष्ट १२ मा सोनाम शेर्पा

२३ जेष्ठ २०७८, आईतवार ०६:०६

मकवानपुर, २३ जेठ । बौद्धका सोनाम शेर्पा द भोईस अफ नेपाल सिजन ३ को उत्कृष्ट १२ का लागि छनौट भएका छन् । शुक्रबार भएको नकाउट राउण्डबाट जीत हासिल गर्दै उनी लाईभ राउण्ड अर्थात उत्कृष्ट १२ का लागि छानिएका हुन् । लाईभमा पुगेका उनी दोस्रो प्रतियोगी हुन् । उनले नकाउट राउण्डमा गणविर बुढा मगर र सम्राट राजभण्डारीसँग प्रतिस्पर्धा गरेका थिए । नकाउटमा सोनामले ‘नछोड्नु यो साथ’ बोलको गीत, गणविरले ‘मुग्लान हेर जाँदैछु’ बोलको गीत र सम्राटले ‘भेडाको उन जस्तो’ बोलको गीत गाएका थिए । कोचले सोनामलाई लाईभका लागि छनौट गरेसँगै गणविर र सम्राट शोबाट बाहिरिएका छन् ।

सोनामको प्रस्तुतिलाई चारैजना कोचहरुले तारिफ गरेका थिए । उनी कोच राजुको टिममा छन् । २४ वर्षीय सोनाम बौद्ध काठमाडौँका हुन् । सँगित क्षेत्रमै लागेका दाजुहरुको पदचाप पछ्याउँदै उनी सँगीत क्षेत्रमै अगाडि बढेका छन् । मनको कुरा व्यक्त गर्ने माध्यमका रुपमा सँगीतलाई ब्याख्या गर्ने सोनामले प्रेममा परेपछि संगीतलाई कम समय दिए । तर समयसँगै उनीहरु अध्ययनका क्रममा एकअर्काबाट भौगोलिक रुपमा टाढा भए । त्यसपश्चात उनी फेरि सँगीतमै फर्किए । भौगोलिक दुरीले जन्माएको पिडालाई उनले गीतका रुपमा उतारे । उनी गीत लेखनमा पनि अग्रसर छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*