नकाउटको पहिलो विजेता बने कर्णराज गिरी

२२ जेष्ठ २०७८, शनिबार ०७:४५
Featured Video Play Icon

मकवानपुर, २२ जेठ । सर्लाहीका कर्णराज गिरी द भोईस अफ नेपालको उत्कृष्ट १२ का लागि छानिएका छन् । शुक्रबार भएको नकाउट भिडन्तबाट उनी उत्कृष्ट १२ अर्थात लाईभ राउण्डका लागि छानिएका हुन् । उनी उत्कृष्ट १२ मा पुग्ने पहिलो प्रतियोगी समेत बनेका छन् । उनले नकाउट राउण्डमा सागर हमाल र सुरक्षा सेञ्चुरीसँग प्रतिस्पर्धा गरेका थिए । नकाउटमा सुरक्षाले ‘तिनपाते डाँडा काटेर’ बोलको गीत, सागरले ‘तिमी बिना मान्दैन’ बोलको गीत र कर्णराज गिरीले ‘समयले आज मलाई’ बोलको गीत गाएका थिए । कोचले कर्णलाई लाईभका लागि छनौट गरेसँगै सागर र सुरक्षा शोबाट बाहिरिएका छन् । कर्णले नकाउट राउण्डमा कोचहरुबाट प्रशंसा पाएका थिए । कोचहरुले उनको हाईरेञ्ज, आवाज र प्रस्तुतिको खुलेर प्रशंसा गरेका थिए । दमदार प्रस्तुतिकै कारण उनी उत्कृष्ट १२ मा पुगेका हुन् ।

कर्णराज कोच तृष्णाको टिममा छन् । ३४ वर्षीय कर्णराज सर्लाहीका हुन् । काठमाडौँमै बसेर ट्याक्सी चलाईरहेका कर्णराज काठमाडौँमा गायक बन्ने सपना बोकेर प्रवेश गरेका थिए । तर सोचेको जस्तो सजिलो नभएपछि उनी ट्याक्सी चलाएर आफ्नो सपना पुरा गर्न अघि बढेका छन् । सानैमा बुवा गुमाएका कर्णराज अहिले आमासँगै आफ्नो परिवारको जिम्मेवारी सम्हालिरहेका छन् । रातभरि ट्याक्सी चलाएर दिउँसो सँगीत सिकिरहेका कर्णराजले उत्कृष्ट १२ सम्म आईपुग्दा दर्शक र श्रोतामाझ चर्चा बटुलीरहेका छन् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*