नकाउटमा टिम तृष्णाबाट को हुनेछन् उत्कृष्ट ३ प्रतियोगीहरु ?

२१ जेष्ठ २०७८, शुक्रबार १८:३७
Featured Video Play Icon

मकवानपुर, २१ जेठ । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ को नकाउट राउण्डमा अन्य कोचहरुसँग जस्तै कोच तृष्णाको टिममा पनि ९ जना प्रतियोगीहरु छन् । अब टिम तृष्णाका ९ जना प्रतियोगीहरु नकाउट राउण्डमा ३–३ जनाको समूहमा आफ्नै टिमका प्रतियोगीहरुसँग भिड्नेछन् । आफ्नै टिमका प्रतियोगीसँग भिडेर जित हासिल गरेका ३ जना प्रतियोगी मात्र लाईभ राउण्डमा प्रवेश गर्नेछन् भने ६ जना बाहिरिने छन् । कोच तृष्णाको टिमबाट श्रेया नेपाल, योगेन राई, ज्वाला राई, सागर हमाल, सुरक्षा मल्ल, अफ्रिता खड्गी, कर्णराज गिरी, अभि दोङ र स्टिलबाट आएकी सुरक्षा सेञ्चुरीले नकाउटमा भिड्नेछन् । यस भिडियो सामग्रीमा कोच तृष्णाको टिमबाट नकाउट जित्दै लाईभमा जानसक्ने प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । तपाईको विचारमा यी प्रतियोगीहरुमध्ये कुन प्रतियोगीहरु नकाउट जित्दै लाईभमा जालान् ? कृपया कमेन्ट गर्नुहोस् । द भोईस अफ नेपाल सिजन ३ को अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।

कोच तृष्णाको टिममा ब्याटल राउण्डमा चारैजना कोचहरुलाई आफुतर्फ फर्काउन सफल एकमात्र प्रतियोगी श्रेया नेपाल छिन् । तसर्थ श्रेया नकाउट जित्दै लाईभमा पुग्नसक्ने पहिलो दाबेदारका रुपमा उभिएकी छिन् । बाराको सिमरा निवासी २१ वर्षीया श्रेयाले सानैदेखि विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर जीत हासिल गरेकी छिन् । गायिकाकै रुपमा चिनिएकी श्रेया यस अघि पनि गायन रियालिटी शो नेपाल स्टारको उत्कृष्ट १८ सम्म पुगेकी थिईन् । तसर्थ उनी टिम तृष्णाको एक बलियो दाबेदारका रुपमा देखिएकी छिन् । त्यस्तै योगेन राई, ज्वाला राई, सागर हमाल, सुरक्षा मल्ल, अफ्रिता खड्गी, कर्णराज गिरी, अभि दोङ र स्टिलबाट आएकी सुरक्षा सेञ्चुरी पनि लाईभमा पुग्ने दाबेदारहरु हुन् ।

उदयपुरको कटारी निवासी ३५ वर्षीय योगेन राई कोच तृष्णाको टिमबाट नकाउट भिड्न मेहनतका साथ तयारी गर्दैछन् । अनि युट्युबबाटै चर्चामा रहेका ज्वाला राई पनि नकाउटमा प्रतिस्पर्धीलाई पछार्ने दाउमा छन् । काठमाडौँका २९ वर्षीय ज्वाला गायकका रुपमा समेत परिचय बनाईसकेका प्रतियोगी हुन् । साँगितिक जीवनमा विभिन्न उतारचढाव भोग्नुपरेता पनि सानैदेखि सँगीतमा लगाव भएका योगेन र ज्वाला नकाउटबाट लाईभमा पुग्नसक्ने दाबेदारहरु हुन् । टिम तृष्णाकै टिमबाट चर्चामा रहेका २२ वर्षीय सागर हमाल लाईभका अर्का दाबेदार हुन् । यसअघि नै नेपाल आईडल र नेपाल स्टार जस्ता गायन रियालिटी शोहरुमा तहल्का मच्चाईसकेका सागरले नेपाल स्टारमा उत्कृष्ट १८ सम्मको यात्रा तय गरेका थिए । वजनदार आवाजका कारण चिनिएका सागर नकाउटमा कडा टक्कर दिने सोचमा छन् । काठमाडौँकी २४ वर्षीया सुरक्षा मल्ल पनि नकाउट पार गर्ने दाबेदार हुन् । सानैदेखि गायनमा सक्रय रहेकी उनी युट्युबमार्फत आफ्नो आवाजले नै चिनिँदै आएकी छिन् ।

आफ्नो गायनले मात्र नभई आईकलरका कारण पनि चर्चामा रहेकी बालाजुकी २६ वर्षीया अफ्रिता खड्गी कोच तृष्णाको अर्का बलिया दाबेदार हुन् । विशेष गरी रक गीतमा तहल्का पिट्ने क्षमता भएकी अफ्रिता लाईभमा पुग्ने तयारीका साथ अगाडि बढ्दैछिन् । सँगीतकै लागि जीवनमा लामो संघर्ष गरेका कर्णराज गिरि कोच तृष्णाको टिमबाट अर्का आसालाग्दा प्रतिभा हुन् । सर्लाहीका ३४ वर्षीय कर्णराज संगीतका विद्यार्थी समेत हुन् । चितवनका २० वर्षीय अभि दोङ पनि नकाउट जित्ने दाउमा छन् । लाईभ कार्यक्रमहरुबाट चर्चामा आएका उनी नकाउटको लागि कडा तयारीमा छन् । त्यस्तै ब्याटल राउण्डमा चर्चित प्रतियोगीसँग कडा प्रतिस्पर्धापछि थप चर्चामा आएकी सुरक्षा सेञ्चुरी कोच तृष्णाको टिमबाट लाईभमा पुग्ने बलियो दाबेदार हुन् । स्टिल भएका कारण पनि उनी बलियो प्रतियोगी हुन् भनेर सहजै अनुमान लाउन सकिन्छ । दर्शकहरुले कोच तृष्णाबाट धेरै अगाडि बढ्न अपेक्षा राखेका सुरक्षाको ब्याटल प्रस्तुति दमदार थियो । २३ वर्षीया सुरक्षा दार्जिलिङकी हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*