दोहोरी च्याम्पियनको उत्कृष्ट ५ मा पुग्लान् मिना र प्रकाश ?

२१ जेष्ठ २०७८, शुक्रबार १४:४९
Featured Video Play Icon

मकवानपुर, २१ जेठ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट १२ मा पुगेका प्रकाश पराजुली र मिना बढाथोकीले गायक राजु केसी र गायिका डिला बिकको जोडीसँग दोहोरी भिडन्तमा डर लाग्ने बताएका छन् । दोहोरी च्याम्पियनको होम सेसनमा उनीहरुले शो कुरा बताएका हुन् । राजु र डिलासँग उनीहरुसँगै अन्य प्रतियोगीहरु पनि दोहोरी भिड्न डराएका छन् । प्रकाशले केही राउण्डसम्म राजु र डिलासँग आफुहरुको दोहोरी भिडन्त नपरिदिए हुन्थ्यो जस्तो लागेको बताएका थिए । यदि फाईनलमा पुग्न सफल भईन्छ भने फाईनलमा मात्रै भेट होस् भन्ने उनको आसय थियो । मिनाले पनि राजु र डिलासँग आफुहरुको दोहोरी भिडन्त नपरिदिएहुन्थ्यो जस्तो लागेको बताएकी छिन् ।

त्यस्तै उनीहरुलाई दोहोरी च्याम्पियनको उत्कृष्ट ५ मा पुग्नसक्ने टिमहरुको बारेमा सोध्दा प्रकाशले राजु केसी र डिला बिक, जीवन सिग्देल र अस्मिता डिसी, बबिता बानियाँ जेरी र शंकर क्षेत्री, कल्पना दाहाल र प्रदिप रोक्का तथा आफुहरु स्वयमको नाम लिएका थिए । त्यस्तै मिनाले पनि राजु केसी र डिला बिक, बबिता बानियाँ जेरी र शंकर क्षेत्री, शोभा कार्की र बालचन्द्र बराल, जीवन सिग्देल र अस्मिता डिसी तथा आफुहरु स्वयमको नाम लिएकी थिईन् ।

प्रकाश र मिना ‘दोहोरी च्याम्पियन’ को दशौँ दोहोरी भिडन्तका विजेता हुन् । उनीहरुले तारा थापा र टेकराज भण्डारीको जोडीलाई ७ अंकले पछाडि पार्दै दोहोरी भिडन्त जितेका थिए । उनीहरु चर्चित गायक गायिका पनि हुन् । उनीहरु दुबै जना लाईभ दोहोरीमा पनि चर्चित छन् ।. प्रकाश स्याङ्जाका र मीना दाङकी हुन् । उनीहरु दुबै जना दोहोरी भिडन्तपछि थप चर्चामा छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*