आफ्नै भाइसँग किन डराए जेरी र शंकर ?

१९ जेष्ठ २०७८, बुधबार १०:४०
Featured Video Play Icon

मकवानपुर, १९ जेठ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट १२ मा पुगेका शंकर क्षेत्री र बबिता बानियाँ जेरीले आफ्नै भाई विजय बानियाँ र सपना रोकाको जोडीसँग दोहोरी भिडन्तमा डर लाग्ने बताएका छन् । दोहोरी च्याम्पियनको होम सेसनमा कार्यक्रम संचालकद्वय गायक बद्री पंगेनी र गायिका प्रिती आलेको प्रश्नमा उनीहरुले शो कुरा बताएका हुन् । दोहोरी च्याम्पियनमा भिडिरहेका अधिकांश जोडीहरुसँग आफुहरुले पहिले नै विभिन्न स्थानमा दोहोरी भिडिसकेको बताउँदै उनीहरुले आफ्नै भाई विजय र उनको टिममा रहेकी सपनासँग दोहोरी नभिडेको बताएका थिए । त्यसैले पनि उनीहरुसँग अलि डर लागेको उनीहरुले बताए ।

त्यस्तै उनीहरुलाई दोहोरी च्याम्पियनको उत्कृष्ट ५ मा पुग्नसक्ने टिमहरुको बारेमा सोध्दा उनीहरुले राजु केसी र डिला बिक, प्रकाश पराजुली र मिना बुढाथोकी, शोभा कार्की र बालचन्द्र बराल, कल्पना दाहाल र प्रदिप रोक्का तथा आफुहरु स्वयम पनि पर्नसक्ने बताएका थिए । शंकरले धेरै लामो समयपछि ठूलो रियालिटी शोमा सहभागी भएको भन्दै दोहोरी भिडन्तमा थोरै डर लगाएको बताए । त्यस्तै जेरीले पनि पहिला आफु बिरामी अवस्थामा भएको भन्दै यो पटक भने राम्रो हुने र आफुले सुरमा पनि ध्यान दिने बताएकी थिईन् ।

शंकर र जेरी छैटौँ दोहोरी भिडन्तका विजेता हुन् । उनीहरुले टिकामाया फ्याली र दिलिप थापा मगरको जोडीसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले जम्मा ९ अंकको फरकमा टिका र दिलिपलाई पराजित गरेका थिए । शंकर र बबिता श्रीमान श्रीमती हुन् । लाईभ दोहोरीमा पनि चर्चित रहेका उनीहरु चर्चित लोकदोहोरी गायक–गायिका पनि हुन् । शंकर र बबिता बाँकेका हुन् । बबिताको माईतिघर भने गोरखा जिल्लामा पर्छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*