रिता र सविनलाई राजु र डिलासँग डर

१७ जेष्ठ २०७८, सोमबार ०७:००
Featured Video Play Icon

मकवानपुर, १७ जेठ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट १२ मा पुगेका चर्चित प्रतियोगी रिता राउत क्षेत्री र सविन आचार्यले आफुहरुलाई डिला बिक र राजु केसीको जोडीसँग दोहोरी भिडन्तमा डर लाग्ने बताएका छन् । दोहोरी च्याम्पियनको होम सेसनमा कार्यक्रम संचालकद्वय गायक बद्री पंगेनी र गायिका प्रिती आलेको प्रश्नमा उनीहरुले शो कुरा बताएका हुन् । सविनको नजरमा आफुलाई दोहोरी भिड्न डर लाग्ने जोडीहरु प्रकाश पराजुली र मिना बुढाथोकी हुन् भने रिताको नजरमा चाँही डिला र राजु हुन् ।

त्यस्तै उनीहरुलाई दोहोरी च्याम्पियनको उत्कृष्ट ५ मा पुग्नसक्ने टिमहरुको बारेमा सोध्दा सविनले प्रकाश पराजुली र मिना बुढाथोकी, राजु केसी र डिला बिक, शंकर क्षेत्री र बबिता बानियाँ जेरी, कल्पना दाहाल र प्रदिप रोक्का तथा प्रितम पोख्रेल र जालुमाया गुरुङको नाम लिएका थिए । रिताले राजु केसी र डिला बिक, विजय बानियाँ र सपना रोका, शोभा कार्की र बालचन्द्र बराल, प्रकाश पराजुली र मिना बुढाथोकी तथा प्रितम पोख्रेल र जालुमाया गुरुङको नाम लिएकी थिईन् । यसरी सविन र रिता दुबैले लगभग एउटै टिमहरुको नाम उत्कृष्ट ५ का लागि छानेका थिए ।

सविन र रिताले आठौँ दोहोरी भिडन्त जितेका थिए । उनीहरुले श्याम राना र बबिता गुरुङको जोडीसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले श्याम र बबितालाई १४ अंकले पछाडि पार्दै उत्कृष्ट १२ को यात्रा तय गरेका थिए । दोहोरी भिडन्त जितेसँगै दर्शक श्रोताले रिता राउत क्षेत्रीको आवाज अनि उनले जोडेका टुक्काहरुको विषयमा निक्कै प्रशंसा गरेका थिए । कतिपयले दोहोरी च्याम्पियनको विजेता रिता नै हुने भन्दै ठोकुवा समेत गरेका थिए । रिताले दोहोरी भिडन्तमा निक्कै राम्रो गीत गाउँदै निर्णायकहरुको प्रशंसा समेत पाएका थिए । निर्णायक प्रजापति पराजुलीले रितालाई स्यालुट नै गरेका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*