दोहोरीका निर्णायकलाई सानी नानीको मिठो जवाफ

१६ जेष्ठ २०७८, आईतवार १२:५८
Featured Video Play Icon

मकवानपुर, १६ जेठ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को ‘दर्शक दोहोरी’ सेग्मेन्ट पनि चर्चामा छ । घरबाटै गीत गाएर सहभागी हुनसकिने यो सेग्मेन्टमा हजारौँ श्रोता दर्शकहरुले सहभागी भइरहेका छन् । यो सामग्री तयार पार्दाको समयसम्म दर्शक दोहोरीमा धेरै जना श्रोता दर्शकहरु विजेता भईसकेका छन् । यसैबिच दोहोरी च्याम्पियनको एघारौँ एपिसोडमा एउटी सानी नानीले निर्णायकको प्रश्नमा गज्जबको जवाफ फर्काएर विजेता बनेकी छिन् । जेठ १ गतेको प्रश्नको जवाफ दिँदै भरतपुरकी आकृति पराजुली विजेता बनेकी हुन् । उनले निर्णायक चन्द्र शर्माको सवालमा कडा जवाफ फर्काएकी थिईन् ।

दर्शक दोहोरीमा विजेता बनेका सबैले आकर्षक पुरस्कारका साथै दोहोरी च्याम्पियनको फाईनलमा सहभागी हुने मौका पाउनेछन् । हरेक हप्ताको सवालमा दर्शक श्रोताले भिडियो क्लिपमा जवाफ रेकर्ड गरी दोहोरी च्याम्पियनको फेसबुक पेज, ह्वाट्सएप वा भाईबरमार्फत पनि पठाउन सकिने व्यवस्था गरिएको छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*