दोहोरी भिडन्त उहिले र अहिले

१५ जेष्ठ २०७८, शनिबार २०:३६
Featured Video Play Icon

मकवानपुर, १५ जेठ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ यतिखेर चर्चाको शिखरमा छ । दोहोरी च्याम्पियनमा एकसेएक चर्चित दोहोरी गायक गायिका र लाईभ दोहोरीमा चर्चित रहेका प्रतियोगीहरु एकअर्कालाई उछिन्न दोहोरी भिडिरहेका छन् । अहिले चर्चाको शिखरमा रहेको दोहोरी कसरी यहाँसम्म आईपुग्यो ? यस विषयमा दोहोरी च्याम्पियनमा विशेष अतिथि बनेर पुगेका सम्माननीय व्यक्तित्व एवम् वरिष्ठ गायक कुमार बस्नेतले केही कुरा खुलाएका थिए । ६ दशकभन्दा लामो समय लोकसंगीत क्षेत्रमा बिताएका वरिष्ठ गायक बस्नेतले नेपालमा मेलापात, चौतारी र रोधी हुँदै सुरु भएको दोहोरी, प्रतियोगिताका रुपमा समावेश भएपछि उचाईमा पुगेको बताएका थिए । गायक बस्नेतसहित समाकालिनहरुको समूहले यसलाई प्रवद्र्धन गर्नमा योगदान दिएका थिए ।

जिल्ला–जिल्लामा दोहोरी प्रतियोगिता गर्ने अभियान स्वरुप मकवानपुर जिल्लाको हेटौँडामा वि.सं. २०३९ सालमा दोहोरी प्रतियोगिताको सुरुवात भएको उनले बताए । वरिष्ठ गायक बस्नेतकै कुरालाई सही थाप्दै निर्णायक प्रजापति पराजुलीले आफुले पनि सोही दोहोरी प्रतियोगिताबाटै दोहोरीमा सहभागी हुँदै अघि बताएका थिए । उनले त्यस समयका केही रोचक कुराहर समेत बताएका थिए । वरिष्ठ गायक बस्नेतले अमेरिकादेखि जापानसम्म दोहोरी चलेको भन्दै खुशी व्यक्त गरेका थिए । एक शताब्दिभन्दा लामो ईतिहास भएको दोहोरी अहिले सर्वत्र फैलिएको छ । हेनुृहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*