भोईस अफ नेपालको प्रसारण अझै अनिश्चित

१५ जेष्ठ २०७८, शनिबार २०:२५
Featured Video Play Icon

मकवानपुर, १५ जेठ । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ को नकाउट राउण्ड यस हप्ता पनि प्रसारण नहुने भएको छ । शोका होष्ट तथा एक्जीक्युटिभ प्रोड्युसर सुशिल नेपालले आफ्नो आधिकारिक फेसबुक मार्फत यो हप्ता शो प्रसारण नहुने जानकारी दिएका हुन् । शोको ब्लाईण्ड र ब्याटल राउण्डको १८ एपिसोड प्रसारण भएपश्चात शोको नकाउट राउण्ड छायाँकन गर्न सकिएको छैन । संचालक नेपालले अवस्था अनुकुल भएमा अर्को साताबाट नकाउटका नयाँ एपिसोडहरु प्रसारण गर्ने तयारी रहेको बताएका छन् । उनले फेसबुक मार्फत यस्तो लेखेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*