दोहोरी च्याम्पियनको उत्कृष्ट १२ मा को पर्लान् ?

१२ जेष्ठ २०७८, बुधबार १३:४५
Featured Video Play Icon

मकवानपुर, १२ जेठ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को दोहोरी भिडन्तबाट यो सामग्री तयार पार्दाको समयमा उत्कृष्ट १० जोडीहरु छनौट भईसकेका छन् । फिजिकल अडिसनपछि सुरु भएको १२ हप्ताको दोहोरी भिडन्तमा १० जोडीहरु छानिएसँगै अब २ जोडीहरुले मात्र उत्कृष्ट १२ मा प्रवेश पाउनेछन् । अब दुई वटा दोहोरी भिडन्तपछि ४ टिममध्ये २ टिम उत्कृष्ट १२ मा पुग्नेछ । अब आउँदो २ हप्ताहरुमा जीवन सिग्देल र अस्मिता डल्लाकोटी, बिमाकुमारी बिक र सुरेन्द्र मगर, बसन्त बिक र पवित्रा मगर तथा शर्मिला थापा र प्रशान्त तामाङको जोडीहरुमध्ये २ जोडीले हार व्यहोर्नेछन् भने दुई जोडीले उत्कृष्ट १२ मा प्रवेश पाउनेछन् । तपाईको विचारमा यी चारै जोडीहरुमध्ये कुन कुन जोडीहरु उत्कृष्ट १२ मा पुग्लान् जस्तो लाग्छ ? कृपया कमेन्ट गर्नुहोस् ।

अब आउने दुई हप्तामध्ये एक हप्तामा दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा परेका जीवन सिग्देल र अस्मिता डल्लाकोटीको जोडी बिमाकुमारी बिक र सुरेन्द्र मगरको जोडीसँग भिड्नेछ । उनीहरुको जोडीमध्ये जसले दोहोरी भिडन्त जित्छ त्यही जोडी अर्को राउण्डका लागि छनौट हुनेछन् । यी दुबै जोडीहरु लाईभ दोहोरीमा चर्चित भईसकेका प्रतियोगीहरु हुन् । साथै उनीहरु गायक गायिकाको रुपमा समेत परिचित भईसकेका जोडीहरु हुन् । अस्मिता र जीवन दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका पाँचौँ जोडी हुन् । फिजिकल अडिसनमा रोमान्टिक टुक्काहरु सहित दोहोरी भाका प्रस्तुत गरेका उनीहरुलाई निर्णायकहरुले रुचाएका थिए । अस्मिता, अस्मिता डिसीका नामले पनि चिनिन्छिन् । जीवन स्याङ्जाका र अस्मिता धादिङकी हुन् । त्यस्तै बिमा र सुरेन्द्र दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका छैटौँ जोडी हुन् । फिजिकल अडिसनमा निर्णायकहरुले उनीहरुको प्रस्तुतिलाई शुभकामना दिएका थिए । बिमा दोलखाकी र सुरेन्द्र धादिङका हुन् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट १२ मा पुग्नका लागि दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका बसन्त बिक र पवित्रा मगरको जोडी शर्मिला थापा र प्रशान्त तामाङको जोडीसँग भिड्नेछ । उनीहरुको जोडीमध्ये जसले दोहोरी भिडन्त जित्छ त्यही जोडी अर्को राउण्डका लागि छनौट हुनेछन् । यी दुबै जोडीहरु पनि लाईभ दोहोरीमा चर्चित भईसकेका प्रतियोगीहरु हुन् । साथै उनीहरु गायक गायिकाका रुपमा पनि परिचित छन् । बसन्त र पवित्रा दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका सातौँ जोडी हुन् । फिजिकल अडिसनमा उनीहरुले दोहोरीमा केही सुधार गर्नुपर्ने भन्दै निर्णायकहरुले सुझाव दिएका थिए । बसन्त तनहुका र पवित्रा गुल्मीकी हुन् ।

बसन्त र पवित्रासँग भिड्ने शर्मिला र प्रशान्त दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका आठौँ जोडी हुन् । फिजिकल अडिसनमा निर्णायकहरुले शर्मिला र प्रशान्तको प्रस्तुतिलाई निक्कै मनपराएका थिए । उनीहरुको प्रस्तुति गज्जबको भएको भन्दै दोहोरी च्याम्पियनका लागि योग्य भएको पनि निर्णायकहरुले बताएका थिए । शर्मिला र प्रशान्त लमजुङका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*