तारा थापालाई निर्णायकको स्यालुट

११ जेष्ठ २०७८, मंगलवार २०:४३
Featured Video Play Icon

मकवानपुर, ११ जेठ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को दशौँ दोहोरी भिडन्तमा प्रकाश पराजुली र मिना बुढाथोकीको टिमले जित हात पारेसँगै उनीहरुसँग भिडेका तारा थापा र टेकराज भण्डारीको जोडी शोबाट बाहिरियो । दोहोरी च्याम्पियनबाट बाहिरिएता पनि गायिका तारा थापा अहिले चर्चाको शिखरमा छिन् । ७ अंकले मात्र हार व्यहोरीकी ताराको गायन कलालाई निर्णायकहरुले खुलेर प्रशंसा गरेका थिए । ताराको गायनमा मन्त्रमुग्ध भएका निर्णायक प्रजापति पराजुलीले उनलाई स्यालुट समेत गरेका छन् । विशेष अतिथिहरु र चारैजना निर्णायकहरुको प्रशंसा बटुलेकी तारा शोबाट बाहिरिएता पनि उनको गायनको सर्वत्र चर्चा चलिरहेको छ । निर्णायक प्रजापति पराजुलीले ताराको शब्दहरुको प्रशंसा गर्दै उनको शब्द चयन र हाँस्दै गाएको बताए । उनले तारालाई शब्द चयनका लागि स्यालुट समेत गरे । उनले ताराजस्तै प्रतिभाहरुले नेपालको दोहोरीको महिमा बढाउने कुरामा जोड दिए ।

त्यस्तै निर्णायक सिता थापाले पनि ताराको गायनलाई रमाईलो भन्दै प्रशंसा समेत गरेकी थिईन् । निर्णायक रमेश बिजीले पनि ताराको प्रशंसा गर्दै उनको गीत सुन्दासुन्दै सबै बिर्सिएर गीत मात्रै सुनिएको बताए । तारालाई गीत चढ्दो रहेछ भन्दै उनले ताराको खुलेर तारिफ गरे । उनले दोहोरी जसले जितेपनि ताराले सबैको मन जितेको बताएका थिए । निर्णायक चन्द्र शर्माले पनि ताराको प्रशंसा गर्दै आफु उनको प्रशंसक भएको बताए । उनले प्रतियोगितात्मक दोहोरीमा ताराको भविष्य उज्ज्वल भएको समेत बताएका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*