प्रीतिसँग हेमन्त र रमेशको कडा दोहोरी भिडन्त

११ जेष्ठ २०७८, मंगलवार २०:३७
Featured Video Play Icon

मकवानपुर, ११ जेठ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को दशौँ दोहोरी भिडन्तमा दोहोरी भिडन्तमा भिडेका प्रतियोगी मात्र होईन कार्यक्रम संचालकसँग विशेष अतिथिहरुको पनि कडा दोहोरी भिडन्त भएको थियो । दोहोरी च्याम्पियनका संचालक एवम् गायिका प्रीति आलेसँग कार्यक्रमका विशेष अतिथि एवम् गायक हेमन्त शर्मा र रमेशराज भट्टराईले निक्कै नै रोचक दोहोरी भिडन्त भिडेका थिए । कार्यक्रम संचालक एवम् लोकप्रिय गायक बद्री पंगेनीले दोहोरी विशेष कार्यक्रममा दोहोरी पनि गाउनुपर्ने भन्दै दोहोरी गाउन अनुरोध गरेपछि गायक हेमन्त शर्माले प्रीतिलाई लक्षित गर्दै दोहोरी गाउन सुरु गरेका थिए । हेमन्तको जवाफमा प्रितीले पनि रमाईलो जवाफ फर्काएकी थिईन् ।

हेमन्त र प्रीतिको दोहोरी भिडन्त भएकै बेला गायक रमेशराज भट्टराईले फेरि प्रीतिलाई दोहोरीबाटै सवाल तेस्र्याए । उनको रमाईलो सवालमा प्रीतिको जवाफले कार्यक्रम रोचक बनेको थियो । रमेश र प्रीतिको दोहोरी अझै रोचक बनिरहेको समयमा गायक हेमन्त शर्मा रमाईलो गरिरहेका थिए । दोहोरी भिडन्तको अन्तिम टुक्कामा प्रीतिले फेरि हेमन्तलाई नै लक्षित गर्दै आफ्नो दोहोरी टुक्काको विसर्जन गरेकी थिईन् । विशेष गरी सुगम संगीतमा दख्खल राख्ने यी लोकप्रिय गायकहरुको दोहोरी गायन पनि निक्कै रोचक बनेको थियो । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*