आर्या र मौसमको ‘दिल तोरके गेले’ सार्वजनिक

११ जेष्ठ २०७८, मंगलवार ०८:०८

मकवानपुर, ११ जेठ । गायक आर्या चौधरी र गायिका मौसम चौधरीको थारु भाषाको नयाँ गीत ‘दिल तोरके गेले’ सार्वजनिक भएको छ । थारु भाषाको हृदयविदारक यो गीतको म्युजिक भिडियो ‘ए प्लस एचडी’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गायक आर्या चौधरीकै शब्द र सँगीतमा तयार भएको गीतलाई विकाश चौधरीले एरेञ्ज गरेका छन् । गीतलाई ‘मिरा साउण्ड रेकर्डिङ स्टुडियो’ काठमाडौँमा रेकर्डिष्ट सुवाश कुथुनी राईले रेकर्ड गरेका हुन् । गीतलाई सुशिल विक्रम शाहले मिक्सिङ मास्टरिङ गरेका छन् ।

गीतको म्युजिक भिडियोमा कलाकारहरु विरेन्द्र चौधरी, किरण चौधरी र बाराका चर्चित संचारकर्मी अनिलप्रित चौधरीले अभिनय गरेका छन् । विरेन्द्र चौधरीको परिकल्पना तथा निर्देशनमा तयार भएको म्युजिक भिडियोमा अनिल प्रित चौधरीले सहायक निर्देशनको जिम्मेवारी सम्हालेका छन् । ईञ्जोत मिडिया प्रालि अन्तर्गत ए प्लस एचडीको पोष्ट प्रोडक्सन रहेको म्युजिक भिडियोलाई अनिलप्रित चौधरीले नै सम्पादन गरेका हुन् । म्युजिक भिडियो सञ्जय सिंहको छायाँकन र भुटी थरुनीको निर्माणमा म्युजिक भिडियो तयार भएको हो । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*