दशौँ दोहोरी भिडन्त कसले जित्ला ?

८ जेष्ठ २०७८, शनिबार १९:३६
Featured Video Play Icon

मकवानपुर, ८ जेठ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को एघारौँ एपिसोड शनिबार प्रसारण हुँदैछ । उत्कृष्ट २४ छानिएपछिको यो दशौँ दोहोरी भिडन्त हो । शनिबारको दोहोरी भिडन्तमा प्रकाश पराजुली र मीना बुढाथोकीसँग तारा थापा र टेकराज भण्डारीले प्रतिस्पर्धा गर्दैछन् । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुको दमदार दोहोरी भिडन्त हुनेछ । प्रोमो सार्वजनिक भएदेखि नै दुबै जोडीहरुबिच कडा दोहोरी भिडन्त भएको अनुमान लाउन सकिन्छ । यी दुई जोडीको यो कडा प्रतिस्पर्धामा कसले बाजी मार्ला त ? आखिर को जानेछ उत्कृष्ट १२ मा ? तपाईको विचारमा यी दुई जोडीमध्ये कुन जोडीको जित्ने सम्भावना बलियो छ ? कृपया कमेन्ट गर्नुहोस् ।

प्रकाश पराजुली र मीना बुढाथोकी दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका तेस्रो जोडी हुन् । फिजिकल अडिसनमा निर्णायकहरुले उनीहरुलाई आगामी राउण्डहरुमा अझै सुधार गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरु दुबै जना लाईभ दोहोरीमा चर्चित छन् ।.गायक गायिकाकै रुपमा उनीहरु चिनिएका छन् । प्रकाश स्याङ्जाका र मीना दाङकी हुन् । त्यस्तै तारा थापा र टेकराज भण्डारी दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका चौथो जोडी हुन् । फिजिकल अडिसनमा निर्णायकहरुले उनीहरुको प्रस्तुतिलाई राम्रो भन्दै अझ कन्फिडेन्टका साथ दोहोरी प्रस्तुत गर्न सुझाव दिएका थिए । तारा र टेकराज दुबै जना लाईभ दोहोरीमा चर्चामा रहेको नाम हो । उनीहरु गायक गायिकाकै रुपमा पनि परिचित भईसकेका छन् । तारा बाग्लुङकी र टेकराज दैलेखका हुन् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*