मानसिंह र सुनितालाई वाईल्ड कार्ड ईन्ट्री गराउन माग

७ जेष्ठ २०७८, शुक्रबार ०९:१५
Featured Video Play Icon

मकवानपुर, ७ जेठ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ का चर्चित प्रतियोगी जोडी मानसिंह खड्का र सुनिता बुढा क्षेत्री शोबाट बाहिरिसकेका छन् । उत्कृष्ट २४ को भिडन्तका क्रममा सरोज सिम्खडा र सिता घिमिरेको जोडीसँग झिनो मत अन्तरले यो जोडी शोबाट बाहिरिएको हो । तर शोबाट बाहिरिएता पनि यो जोडीको चर्चा सेलाएको छैन । चर्चित गायक गायिका समेत रहेका मानसिंह र सुनितालाई उनका प्रशंसकहरुले वाईल्ड कार्डमार्फत पून शोमा ईन्ट्री गराउनुपर्ने भन्दै सामाजिक सञ्जालमा कमेन्टहरुको ओईरो लगाएका छन् । दोहोरी च्याम्पियनको फेसबुक पेज, दोहोरी च्याम्पियनको एपिसोड अनि दोहोरी च्याम्पियनका बारेमा बनाईएका अन्य धेरै भिडियोहरुका पनि दर्शकहरुले मानसिंह र सुनितालाई वाईल्ड कार्ड ईन्ट्री गराउनुपर्ने माग गर्दै कमेन्ट गरेका छन् । तर के यस्तो सम्भावना छ ? हामी यस विषयमा थोरै चर्चा गर्दैछौँ ।

दोहोरी च्याम्पियन नेपालकै सर्वाधिक पुरस्कार राशीको पहिलो दोहोरी रियालिटी शो हो । यो शोमा यसअघि नै फिजिक अडिसनबाट उत्कृष्ट २४ जोडीहरु अघिल्लो राउण्डका लागि छानिएका थिए भने उनीहरु बाट अब उत्कृष्ट १२ जोडीहरु छानिदैँछन् । नेपाल टेलिभिजनबाट प्रसारण भएका रियालिटी शोहरुमा प्राय वाईल्ड कार्ड ईन्ट्री गराइएको त्यत्ति धेरै रेकर्ड भेटिदैनन् । त्यसैले दोहोरी च्याम्पियनमा वाईल्ड कार्ड ईन्ट्री होला भनेर आसा गर्नसक्ने बलियो आधार छैन । तर पनि यो प्रोडक्सनमा टिमको निर्णयमा पनि भरपर्ने भएकोले वाईल्ड कार्ड हुँदै नहोला भन्ने अवस्था पनि छैन । त्यसैले वाईल्ड कार्डको सम्भावना पनि उत्तिकै छ । तर यो लोक दोहोरीमा आधारित शो भएकोले र निर्णायकहरुको अंकका आधारमा नै अघिल्लो राउण्डका लागि जोडी छानिएकोले वाईल्ड कार्ड ईन्ट्रीको आसा केही हदसम्म नराखेकै राम्रो हुन्छ । अवस्था जस्तोसुकै भएता पनि मानसिंह र सुनिताको पक्षमा दर्शक श्रोताहरुको प्रेम निक्कै देखिएको छ । कतिपयले यो निर्णय नै भएन भनेर पनि कमेन्ट गरेका छन् । तर ४ जना फरक निर्णायकहरुको निर्णय अनुसार अंक दिइएकोले नै वाईल्ड कार्ड नहुने लगभग पक्का जस्तै देखिएको छ । सुनिता र मानसिंह वाईल्ड कार्डमार्फत पून प्रवेश भएपनि नभएपनि उनीहरुको आवाजको माधुर्यता र प्रेमकै कारण दर्शकहरुले उनीहरुलाई मनपराएको प्रष्ट भएको छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*