सुनिता बुढा क्षेत्री र सरोज सिम्खडाको यति धेरै चर्चा

७ जेष्ठ २०७८, शुक्रबार ०९:१०
Featured Video Play Icon

मकवानपुर, ७ जेठ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को नवौँ दोहोरी भिडन्तपछि सुर्खेतकी सुनिता बुढा क्षेत्री र धादिङका सरोज सिम्खडाको चर्चा चुलिएको छ । यसअघि नै चर्चित रहेका सुनिता र मानसिंह खड्काको जोडीले सरोज र सिता घिमिरेको जोडीसँग दोहोरी भिडेका थिए । मानसिंह र सिताको दोहोरी भिडन्त रोचक नै थियो । अझ सुनिता र सरोजको दोहोरी भिडन्त भने विषेश रह्यो । निर्णायकहरुले सुनिता र सरोजको दोहोरी भिडन्तलाई निक्कै दमदार भएको बताएका थिए । हुन पनि दुई विपरित समूहबाट भिडेका यी दुई प्रतियोगीहरुले एकअर्कालाई कडा चुनौति दिएर दोहोरी भिडेका थिए । जसका कारण निर्णायकहरुले समेत उनीहरुको प्रशंसा गरेका थिए । निर्णायक चन्द्र शर्माले दुबै टिमको दोहोरीको प्रशंसा गर्दै उनीहरुको दोहोरीले आँखा नै रसाएको बताएका थिए । सुनिता र सरोजको दोहोरीलाई विशेष राम्रो भएको बताएका थिए । निर्णायक रमेश बिजीले पनि उनीहरु दुबैको निक्कै राम्रो भएको बताएका थिए ।

निर्णायक सिता थापाले पनि विशेष गरी सुनिता र सरोजको दोहोरी भिडन्तको प्रशंसा गर्दै दुबै जनाको गायकी र आवाज धेरै राम्रो भएको बताईन् । निर्णायक प्रजापति पराजुलीले पनि सुनिता र सरोजको दोहोरी भिडन्तको विशेष चर्चा गर्दै उनीहरुको दोहोरीमा खोट लाउने कुनै ठाउँ नपाएको बताएका थिए ।
दोहोरी भिडन्तमा सुनिता र सरोजले ‘तिम्रै झल्को तिम्रै तिर्सना’ भाकामा दोहोरी खेलेका थिए । उनीहरुको दोहोरी सिलसिलेवार र दमदार भएकोले अहिले विशेष चर्चामा छ । दुबै पक्षको दोहोरी भिडन्त दमदार भएकै कारण यो जोडीहरुले अहिलेसम्मकै सबैभन्दा कम अंकको अन्तरमा हार जित व्यहोरेका छन् । सुनिता र मानसिहंलाई सरोज र सिताले ३ अंकको फरकमा पराजित गरेका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*