आर्यन तामाङ नकाउटमा भिड्दै

६ जेष्ठ २०७८, बिहीबार २१:३६

मकवानपुर, ६ जेठ । दार्जिलिङका आर्यन तामाङ द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका छन् । उनी नकाउटका लागि छानिएका तेत्तिसौँ प्रतियोगी हुन् । उनले ब्याटल राउण्डमा टिम दिपकै लाबोनी चक्रवर्ती प्रसाईसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘नमान लाज यसरी’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये आर्यनलाई नकआउट राउण्डका लागि छनौट गरेपछि लाबोनी शोबाट बाहिरिएकी छिन् ।

आर्यन कोच दिपको टिममा छन् । १९ वर्षीय आर्यन दार्जिलिङका हुन् । संगीत क्षेत्रमा लाग्न पनि परिवारबाट साथ पाएका आर्यनले बुवाबाट नै गीत गाउने प्रेरणा पाएका हुन् । उनी बुवाको पनि साँगितिक सपना बोकेर अगाडि बढेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*