दर्शकको मन जित्दै गणबिर बुढा मगर

६ जेष्ठ २०७८, बिहीबार २१:३१

मकवानपुर, ६ जेठ । रोल्पाका गणविर बुढा मगर आफ्नो आवाजबाट दर्शक श्रोताको मन जित्दै छन् । उनी द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका चौतिसौँ प्रतियोगी हुन् । उनले ब्याटल राउण्डमा टिम राजुकै लक्ष्मी स्याङ्तानसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘मैले सोचेको जस्तै’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये गणविरलाई नकआउट राउण्डका लागि छनौट गरेपछि लक्ष्मी शोबाट बाहिरिएकी छिन् ।

गणविर कोच राजुको टिममा छन् । २० वर्षी गणबिर रोल्पाका हुन् । रोल्पामै भएको स्थानीय प्रतियोगिता जितेर चर्चामा आएका गणबिरले शो जितेबापत गीत गाउने अवसर पाएका थिए । आयोजक टिमसँग संवाद नभएपछि गणबिर अझै जोडतोडका साथमा संगीत क्षेत्रमै लागिरहे र संगीतलाई नै आफ्नो प्यासन र प्रोफेसन बनाए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*