ब्याटल जित्दै नकाउटमा बिक्की परियार

६ जेष्ठ २०७८, बिहीबार २१:२६

मकवानपरुर, ६ जेठ । भारतको डुअर्स निवासी बिक्की परिािर द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका छन् । उनी नकाउटका लागि छानिएका पैँतिसौँ प्रतियोगी हुन् । उनले ब्याटल राउण्डमा टिम प्रमोदकै अशिम थापासँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘दैव हे’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये बिक्कीलाई नकआउट राउण्डका लागि छनौट गरेपछि अशिम शोबाट बाहिरिएका छन् ।

बिक्की कोच प्रमोदको टिममा छन् । २९ वर्षीय बिक्की भारतको डुअर्स निवासी हुन् । नेपालमै धेरै लामो समयदेखि बसिरहेका बिक्कीका परिवार भने भारतमै छन् । साँगितिक क्षेत्रमै केही गर्ने लक्ष्य राखेका बिक्की सँगीत क्षेत्रमै अगाडि बढिरहेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*