अभि दोङ नकाउटका लागि छनौट

६ जेष्ठ २०७८, बिहीबार २१:२०

मकवानपुर, ६ जेठ । चितवनका अभि दोङ द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका छन् । नकाउटका लागि छानिएका उनी छत्तिसौँ प्रतियोगी हुन् । उनले ब्याटल राउण्डमा टिम तृष्णाकै एलिना उदाससँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘तिम्रो मनमा लुकेको कुरा’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये अभिलाई नकआउट राउण्डका लागि छनौट गरेपछि एलिना शोबाट बाहिरिएकी छिन् ।

अभि कोच तृष्णाको टिममा छन् । २० वर्षीय अभि चितवनका हुन् । उनी विभिन्न लाईभ कार्यक्रममा पनि सहभागी भईसकेका प्रतियोगी हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*