सिक्किमकी सुदिता राई नकाउटमा भिड्दै

६ जेष्ठ २०७८, बिहीबार २१:१५

मकवानपुर, ६ जेठ । सिक्किमकी सुदिता राई द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएकी छिन् । नकाउटका लागि छानिएकी उनी अठ्ठाईसौँ प्रतियोगी हुन् । उनले ब्याटल राउण्डमा टिम प्रमोदकै अभिषेक बराईलीसँग प्रतिस्पर्धा गरेकी थिईन् । उनीहरुले ‘मान्छेको माया यहाँ’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये सुदितालाई नकआउट राउण्डका लागि छनौट गरेपछि अभिषेक शोबाट बाहिरिएका छन् ।

सुदिता द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनमा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल चौँधौँ प्रतियोगी हुन् । उनी कोच प्रमोदको टिममा छिन् । २९ वर्षीया सुदिता सिक्किमकी हुन् । सानैदेखि संगीत क्षेत्रमा लागेकी सुदिताले परिवारबाटै सँगीत क्षेत्रमा लाग्ने प्रेरणा पाएकी थिईन् । सँगीतकार र गायक समेत रहेका बुवाबाट सँगीतमा लाग्ने प्रेरणा पाएकी सुदिता नेपाली सँगीत क्षेत्रमै लाग्ने योजनाका साथ नेपाल आएकी हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*