भोईस अफ नेपालमा तहल्का मच्चाउँदै कर्णराज गिरी

६ जेष्ठ २०७८, बिहीबार २१:०८

मकवानपुर, ६ जेठ । द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका उनान्तिसौँ प्रतियोगी हुन् कर्णराज गिरी । कर्णराज यतिखेर चर्चाको शिखरमा छन् । उनले ब्याटल राउण्डमा टिम तृष्णाकै समिरा थपलियासँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये कर्णराजलाई नकआउट राउण्डका लागि छनौट गरेपछि समिरा शोबाट बाहिरिएकी छिन् ।

कर्णराज कोच तृष्णाको टिममा छन् । ३४ वर्षीय कर्णराज सर्लाहीका हुन् । काठमाडौँमै बसेर ट्याक्सी चलाईरहेका कर्णराज काठमाडौँमा गायक बन्ने सपना बोकेर प्रवेश गरेका थिए । तर सोचेको जस्तो सजिलो नभएपछि उनी ट्याक्सी चलाएर आफ्नो सपना पुरा गर्न अघि बढेका छन् । सानैमा बुवा गुमाएका कर्णराज अहिले आमासँगै आफ्नो परिवारको जिम्मेवारी सम्हालिरहेका छन् । रातभरि ट्याक्सी चलाएर दिउँसो सँगीत सिकिरहेका कर्णराजले कोचहरुबाट निक्कै प्रशंसा कमाएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*